पर्यटन

सुनसान लुम्विनी २०० सीसीटिभी क्यामेराको घेरामा समेटियो



भैरहवा २६ असोज बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षालाई मध्यनजर गरी पहिलोपटक दुई सय वटा सीसीटिभी क्यामेरा जडान गरिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत अन्तर्राष्ट्रिय पर्यटकीय स्थलमा २५ वटा प्यान टिल्ड जुम (पीटीजेड) क्यामेरा र १७५ वटा सीसीटिभि क्यामेरा जडान गरिएको हो । लुम्बिनी गुरुयोजना अनुसारको प्रोक्योरमेन्ट अफ ट्रान्समिसन ब्याकबोण्ड एण्ड आईटी इन्फ्रास्ट्रक्चर परियोजना अन्तर्गत सीसीटिभी जडान भएको हो ।

    सीसीटिभी क्यामेरा जडान भएसँगै लुम्बिनीभित्रका पवित्र उद्यान, बिहार क्षेत्र, शान्तिदीप, बसपार्क, सूचना केन्द्र, संग्रहालय, प्रशासनिक भवन र लुम्बिनी ग्रामलगायत २७५ वटा एक्सेस प्वाइन्ट (मुख्य पहुँच स्थल) का दृश्य फाइबर र वायरलेस माध्यमबाट चौबिसै घन्टा क्यामेरामा कैद हुनेछन् । जडान भएका सबै सीसीटिभी क्यामेरामा कैद हुने दृश्य विकास कोषको कार्यालयमा राखिएको आईटी कन्ट्रोल रुममा राखिएका १२ वटा टिभी स्क्रिनबाट नियाल्न सकिने छ । 

प्रकाशित : २६ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६