काठमाडौँ, १४ कात्तिक
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा सदस्य छोवाङ तेञ्जेन तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य एवं रसुवा जिल्ला कमिटीका पूर्वअध्यक्ष तामाङको शुक्रबार निधन भएको थियो । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलन तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा तामाङले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ । एमाले रसुवाका संस्थापक सदस्य रहनुभएका तामाङको निधनबाट पार्टीले एक अनुभवी, निष्ठावान् र समर्पित नेता गुमाएको अध्यक्ष ओलीले आफ्नो शोक सन्देशमा उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । —









प्रतिक्रिया