ब्रेकिंग न्युज

कपिलवस्तुमा १ कैदी संक्रमित :४सय बढी उच्च जोखिममा ,मालपोत कार्यलय बन्द



 कपिलवस्तु २८ असोज ।कपिलवस्तु कारागारका एक कैदी कोरोना संक्रमित भएका छन । यो संगै कारागारमा रहेका ४सय बढी कैदी बन्दीमा संक्रमणको जोखिम उच्च हुन पुगेकोछ । कत्तब्र्य ज्यान मुद्दामा ढेड बर्ष देखि सजाय भुक्तान गरीरहेका शिवराज नगरपालिकाका ५५ बर्षिय घुरे पासीमा कोरोना संक्रमण देखिएको हो । श्वास प्रवासका बिरामी पासीको भैरहवा स्थित भीम अस्पतालको आईसियु कक्षमा उपचार भईरहेको जेलर राकेश पाण्डेले बताए । 

    गत असोज २० गते बिरामी भए पछि पासीलाई कपिलवस्तु् अस्पतालमा उपचारकालागि लगिएको थियो । त्यहा उपचार हुन नसके पछि थप उपचारकालागि भीम अस्पताल लगिएको थियो । उपचार कै क्रममा स्वाब संकलन गर्दा पासीमा गत असोज २५ गते नै कोरोना संक्रमण पुष्टी भएको जेलर पाण्डेले बताए । जेल प्रशासनले भेटघाटमा प्रतिबन्ध लगाएर सवधानी अपनाएको दाबी गरे पनि कारागारमा कोरोना संक्रमण फैलिए पछि त्यहा अहिले त्रास बढेको छ । 

    पासी नया भवनको बि ब्लकमा बस्ने गरेका थिए । कारागारको दुई ब्लकमा गरी ४ सय २३ जना कैदीबन्दी छन । यस्तै कारागारमा ३६ जा नेपाली सेना र १६ जना नेपाल प्रहरीका कार्यरत छन । कारागारका अन्य कैदी बन्दीहरुलाइृ के गर्ने बिषयमा जिल्ला सुरक्षा समितिले बैठकमा छलफ गरी टुंगो लगाउने जेलर पाण्डेले बताए । उता कपिलवस्तुमा १४ सय २२ जना कोरोना संक्रमित भएका छन । जसमध्ये १३ सय ३ जना निको भएका छन । अहिले १ सय ६ जना सकृय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यागेन्द्र भगतले बताए । कोरोनाबाट कपिलवस्तुमा १२ जनाले ज्यान गुमाएका छन ।

    यता जिल्लाको सदरमुकाम तौलिहवा स्थित रहेको भुमि सुधार तथा मालपोत कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि शुक्रबार सम्मका लागि सेवा बन्द गरिएको छ । कार्यालयले सूचना प्रकाशित गरी मंगलबार देखि शुक्रबार सम्मका लागि कार्यालयबाट प्रदान गरीने सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।मालपोतका एक जना कर्मचारी ३ दिन देखि विरामी परेकोे उपचारको लागि बुटवल गएको र कोरोना जाँच गराउदा रिर्पोट पोजेटिभ आएपछि कार्यलयको सेवा बन्द गरिएको कार्यालय प्रमुख रिषिराम पौडेलले बताए । प्रमुख पौडेलका अनुसार उनको अन्य कर्मचारी संग पनि पत्यक्ष संम्पर्क रहेको र आफु सहित सवैको पिसिआर रिपोर्ट परिक्षण गरिने बताए ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६