जीवनशैली

चाडपर्ब केन्द्रित १० बुँदे सुरक्षा नीति : १२ जिल्लाका सबैबस्तीमा प्रभाकारी उपस्थिती



कपिलवस्तु २७ असोज  ‘लुम्विनी प्रदेश प्रहरी कार्यालयले चाडपर्व विशेषलाई लक्षित गरि १२ जिल्लाका विभिन्न बस्तीहरुमा प्रहरीको प्रभावकारी उपस्थिती देखिने गरी नियमित र आकस्मीक गस्ती , पट्रोलिङ , चेकजाँच लगायतको काम गर्दै शान्ति सुरक्षाको पूर्ण व्यवस्था गर्न ७ हजार २ सय ३३ प्रहरी जनशक्ति परिचालन गरेको छ । ’चाडवाटमा हुने अपराध नियन्त्रणको लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट व्यापक रुपमा प्रहरी परिचालन गरिएको  कार्यलयको भनाइछ  । चाडपर्व नजिकिदै गर्दा प्रदेश कार्यालयले १० वुद्धे सुरक्षा निति जारी गरेको छ ।

    जसअनुरुप सुरक्षित यात्रा गर्ने क्रममा यात्रुलाई कुनै समस्या परेमा आवश्यक सहयोग एवं समन्वयका लागि प्रदेश अन्तरगत ३० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि सेवा प्रवाह गरेको छ । चाडपर्वमा जँवा तास लगायतका अवैध कृयाकलाप नियन्त्रण गर्ने प्रदेश अन्तरगतका १२ जिल्लाहरुमा २५ वटा विशेष प्रहरी टोली परिचालन गरिएको छ । ओभर स्पिड , ओभर लोड , मा.प.से. गरि सवारी चलाउने , झुण्डिएर छतमा चढेर यात्रा गरि हुन सक्ने सवारी दुर्घट्नालाई न्यनिकरण गर्न ट्राफिक प्रहरी सहितको ४१ वटा प्रहरी टोली परिचालन गरिएको छ । 

    गुण्डागर्दी  , चोरी लुटपाट , झैंझगडा लगायतका कृयाकलाप नियन्त्रण गर्न विभिन्न प्रहरी इकाईबाट नियन्ण गर्ने उद्देश्य अनुरुप विभिन्न प्रहरी इकाईहरुबाट १५ वटा प्रहरी टोली परिचालन गरिएको प्रदेश कार्यालयले जनाएको छ । ‘ग्रामिण गस्ती , गाउँ गाउँमा नागरिक भेटघाट  कार्यक्रम गर्दै गाउँबस्तीमा प्रहरीको उपस्थिती देखाउन ५ सय ९० प्रहरी इकाईहरुबाट दैनिक रुपमा गस्ती पट्रोलिङ गर्ने व्यवस्था गरेको  छ ।’ रातको समयमा हुन सक्ने लागु औषध , हातहतियार , मानवबेचबिखन  ओसार पसार , लगायतका अपराधिक क्रियाकलापलाई नियन्त्रण थर्न प्रदेश अन्तरगतका राजमार्ग तथा सहायक राजमार्गहरुमा ६५ वटा चेकजाँच गर्ने व्यवस्था गरिएको छ ।

     सिमा क्षेत्रमा हुने चोरी तस्करी , लुटपाट ठगी , डकैती जस्ता अपराधीक घट्नाहरु निरुत्साहित गर्न सीमा क्षेत्रमा अव्यवस्थित ७० वटा प्रहरी इकाईहरुबाट गस्ती पट्रोलिङ एवं सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट अनुगमनको समेत व्यवस्था मिलाइएको छ । महिला बालवालिका , ज्येष्ठ नागरिक , फरक क्षमता भएका व्यक्तिहरुलाई यात्राको क्रममा कुनै हिंसा भएमा तत्काल उद्धार एवं कानुनी कारवाहिका लागि प्रत्येक जिल्लाहरुमा १२ वटा प्रहरी टोली परिचालन गरिएको छ । कुनै घट्नाको जानकारी भएमा तत्काल परिचालन हुने गरि प्रदेश अन्तरगतका विभिन्न जिल्लाहरुमा २१ वटा क्युक्ली  रेस्पोन्स टिम परिचालन गरिएको छ ।

    लुम्विनी प्रदेश प्रहरी कार्यालयले चाडपर्व विशेषलाई लक्षित गरि यस प्रदेश अन्तरगत गस्ती , पट्रोलिङ , चेकजाँच लगायतको काम गर्दै शान्ति सुरक्षाको व्यवस्था गर्न ७ हजार २ सय ३३ प्रहरी जनशक्ति परिचालन गरिएको  प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनु भयो ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६