अर्थ-वाणिज्य

छब्बिसेमा सशस्त्र प्रहरीको बिओपी स्थापना



नेपाल–भारत सीमावर्ती क्षेत्र छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सूर्योदय नगरपालिका–४ को सीमावर्ती मेचीबजार छब्बिसेमा शुक्रबार सशस्त्र प्रहरीको १७३ औँ बिओपी स्थापना गरिएको हो ।

सीमा सुरक्षासँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बिओपी स्थापना गरिएको जनाइएको छ । सशस्त्र प्रहरी बल नं १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईंले संयुक्त रुपमा बिओपीको उद्घाटन गर्नुभयो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक दाहालले स्थानीय समुदायले बिओपी स्थापना गर्न गरेको योगदान सराहनीय रहेको बताउँदै स्थानीय समुदायको मन जित्ने गरी काम गर्न आफू मातहतका प्रहरीलाई निर्देशनसमेत दिनुभयो । इलामका प्रजिअ सेडाईंले उक्त क्षेत्रमा बिओपीको स्थायी संरचना निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

इलामको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सीमा विवाद छ । छब्बिसे, हिले पुलखोला, सन्दकपुर लगायतका क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्दै आएका छन् । रासस

प्रकाशित : १ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६