अन्तर्राष्ट्रिय

विदेशमा कार्यरत थप ९६३ नेपालीमा कोरोना सङ्क्रमण



काठमाण्डौ १६ कार्तिक । गएको हप्ता विदेशमा कार्यरत थप ९६३ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा कार्यरत नेपाली रहेका छन् । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार गएको हप्ता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपालीमा कोरोना कोरोना सङ्क्रमण देखिएको हो ।

    थप नेपालीमा सङ्क्रमण पुष्टि भए पनि गएको हप्ता कोही पनि नेपालीको विदेशमा कोरोनाको कारण ज्यान गएको छैन । अहिलेसम्म विदेशमा ४२ देशमा रहेका ४३ हजार ५६९ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमति नेपाली मध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत निको भएको स्वास्थ्य समितिले जनाएको छ । अहिलेसम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६