ब्रेकिंग न्युज

ललितपुरका बासिन्दाले गरे सडक बन्द,कारण यस्तो छ



ललितपुर १७ कार्तिक । ललितपुरको सुनाकोठीका बासिन्दाले सडक बन्द गरेका छन् ।लामो समयदेखि सडक कालोपत्र गर्न माग गर्दै आए पनि कालोपत्रे नभएको भन्दै उनीहरुले अनिश्चितकालीन सडक बन्दको घोषणा गरेका हुन् । विस्तारका लागि सडक भत्काएर अलपत्र छाड्दा धुलो र हिलोले आफूहरु पीडित भएको सुनकोठीका बासिन्दाले बताएका छन् । चार महिनाअघि पनि त्यहाँका बासिन्दाले सडक कालोपत्रेको माग गर्दै आन्दोलन गरेका थिए ।

  त्यसबेला तत्कालै सडक कालोपत्र गर्ने सहमति भए पनि काम नभए पनि फेरि आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । बाटो बनाउन ६ वर्ष अघि नै जिम्मा लिएको सैलुङ्ग कन्स्ट्रक्सनका ठेकेदारले पटकपटक वचन दिए पनि काम नगर्दा समस्या भएको हो ।शैलुङ कन्स्ट्रक्सनका मालिक नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी सारदाप्रसाद अधिकारीले सडक अलपत्र पारेको भन्दै सुनाकोठीका बासिन्दाले घरबेटी भएकै कारण सडक अलपत्र पार्नेले उन्मूक्ति पाउन नहुने बताएका छन् । अब सहमति नगर्ने र तुरुन्तै काम सुरु गरेको अवस्थामा मात्रै सडक खोलिने स्थानीय बासिन्दाले अडान लिएका छन् ।

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६