ब्रेकिंग न्युज

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो



काठमाडौँ १७ कात्तिक .  टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।भूकम्पका कारण टर्कीमा कम्तीमा ७६ जनाको मृत्यु भएको अधिकारीहरुको भनाईलाई विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् ।टर्कीमा गएको सो भूकम्पको सम्पूर्ण क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन । अहिलेसम्म मानवीय क्षतिको पूर्ण विवरण प्राप्त नभएको र उद्धार जारी नै रहेको पनि बताइएको छ ।

टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ ।भूकम्पबाट ९६२ जना नागरिक घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । सो विभागकाअनुसार ती घाइतेमध्ये २१९ जना अहिले पनि उपचाररत रहेका छन् भने अरु अस्पतालबाट डिस्चार्ज भएका पनि सो विभागमा अधिकारीहरुले जानकारी गराएका छन् ।

भूकम्पपछि एक हजारभन्दा बढी पराकम्प महसुस गरिएको थियो । तीमध्ये ४३ परकम्पहरु ४ म्याग्निच्युडका भन्दा माथिकै रहेका र स्थानीय बासिन्दाले महसुश गरेका जानकारी दिएका छन् ।टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुगेको जानकारी सोमबार दिनुभएको हो ।उहाँले खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गर्नुभयो । यहाँका दर्जनांै घर भत्केको विवरणहरु आएको र यसमा परेर सयौँ नागरिक घाइते भएका बताइएको छ ।उद्धारको काम जारी रहेको र हाल त्यहाँ हजारौँ नागरिक टेन्टमा बसेका बताइएको छ । जसका कारण ठूलो संख्यामा सहयोगको आवश्यकता रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६