अन्तर्राष्ट्रिय

पीसीआर नेगेटिभ आएका यात्रुलाई विदेशमा धमाधम पोजेटिभ , नेपाल एयरलाइन्सलाई प्रतिवन्ध



काठमाडौं १९ कात्तिक । नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण नेगेटिभ आएका यात्रुलाई विदेशमा धमाधम पोजेटिभ देखिन थालेको छ । यसको मार भने यात्रु बोकेर विदेश उड्ने वायुसेवालाई परेको छ ।नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार पछिल्ला केही दिनयता हङकङ, दुबई, नारिता (जापान)लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा समेत सम्बन्धित गन्तब्यमा पुगेपछि पोजेटिभ देखिएको छ ।

यसले नेपालमा हुने परीक्षणको विश्वसनीयतामा समेत प्रश्न उठेको छ ।कोभिड संक्रमित ल्याएको भन्दै नेपाल एयरलाइन्सलाई हङकङले अहिले दोस्रोपटक प्रतिवन्ध लगाएको छ । दुबई र नारिता विमानस्थलबाट समेत चेतावनीसहित प्रोटोकलको सूची आएको छ ।सो प्राटोकल पालना नगरी यात्रु सम्बन्धित मुलुक पुगेमा त्यसको दोषी एयरलाइन्स ठहरिने गरेको छ । यसले एयरलाइन्सलाई प्रतिवन्ध हुँदा आर्थिक र प्रतिष्ठानमा समेत आँच आउन लागेको भन्दै नेपाल एयरलाइन्सले चिन्ता समेत व्यक्त गरेको छ ।

उता, कम्पनीले आफ्नो तर्फबाट भने कोरोना भाइरसविरुद्ध सरोकारवाला निकायले तयार पारेका प्रोटोकलको कार्यान्वयनका लागि कुनै कसुर बाँकी नराखेको समेत कम्पनीले उल्लेख गरेको छ ।नेपालबाट नेपाल एयरलाइन्सले उडान गर्ने गन्तब्यमा पछिल्लो ७२ घण्टायताको नेगेटिभ पीसीआर रिर्पोट भएमा यात्रा गर्न सकिने प्रावधान छ । तर, त्यसरी रिपोर्ट बोकेर गन्तब्यमा पुगेका यात्रुमा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको भन्दै एयरलाइन्सले चिन्ता व्यक्त गरेको छ ।

 कम्पनीले नेपालका सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालालाई समेत सचेत हुन आग्रह गर्दै यसले मुलुककै स्वास्थ्य परीक्षणमा प्रश्न उठ्ने चेतावनी समेत दिएको छ । साथै यात्रुले समेत पीसीआर दिएपछि अनिवार्य आइसोलेसनमा बसेर स्वास्थ्य मापदण्डको पालना गर्न नेपाल एयरलाइन्सले आग्रह गरेको छ ।यसैबीच अब नेपालको त्रिभुवन विमानस्थलबाट जहाज चढ्दा पीसीआर नेगेटिभ भएको रिपोर्ट बुझाएर उडेका यात्रुमा गन्तब्यमा पुगेपछि पोजेटिभ देखिए त्यसको जिम्मेवारी नलिने स्पष्ट पारेको छ । त्यसरी रिपोर्ट पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयमले लिनुपर्ने भएको छ ।

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६