प्रदेश

बेपत्ता छानविन आयोगले १५ बर्ष सम्म परिचय पत्र दिन असमर्थ



कपिलवस्तु १९ कार्तिक । सशस्त्र माओबदाी द्धन्द्धकालमा बेपत्ता पारिएका ब्यक्तिको स्थिति अझै सम्म सार्वजनिक नहुदा बेपत्ता पारिएका परिवार पीडामा छन । सशस्त्र द्धन्द्ध सकिएको ढेड दशक बढी हुदा समेत अझै सम्म बेपत्ता पारिएका ब्यक्तिको अवस्था बारे कुनै जानकारी नहुदा तिनीहरुका परिवार निकै दुःखी भएका हुन । 

    द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले तौलिहवामा राखेको सरोकारवालासंगको छलफलक कार्यक्रममा सहभागी बेपत्ता पारिएका र द्धन्द्ध पीडीतहरुले सो गुनासो गरेका हुन । न्यायकालागि द्धन्द्धपीडीत परिवार समितिका जिल्ला अध्यक्ष रामउजागीर चौधरीले ढेड दशक बढी हुदा समेत बेपत्ता पारिएका ब्यक्तिहरुको अवस्था सार्वजनिक नहुदा निकै दुःखद कुरा भएको बताएका छन । 

        उनले बिस्तृत शान्ति संझौता भएको १५ बर्ष बिति सक्दा समेत द्धन्द्धपीडीत र बेपत्ता पारिवारको समस्या समाधान नहुदा तिनिरुहको आश्रित परिवार समस्यामा परेको बताए । द्धन्द्ध पीडीत परिवारले केही राहत पाए पनि बेपत्ता परिवारले भने हाल सम्म सरकारबाट कुनै सहयोग नपाएको उनले औल्याए  । आयोगका अनुसार कपिलवस्तुमा कुल २० जना बेपत्ता भएको उजरी परेको छ । जसमध्ये जिल्लाका १७ र अन्य जिल्लामा ३ जना छन । ‘ बेपत्ता परिवारलार्इै कसैले पनि केही सहयोग गरेका छैनन, न त उनीहरुको अवस्था नै सार्वजनिक भएको छ ’ उनले भने । 

        नेपाल रेडक्रसा सोसाईटीका जिल्ला महासचिव सन्तोष कुमार श्रीवास्तवले जिल्लाका बेपत्ता परिवारको अवस्था निकै दयनीय रहेको बताए । ‘ बेपत्ता परिवारको घर घरमा पुगे, ती परिवार निकै समस्यामा परेको पाए ’ उनले भने । आफनो परिवारको समस्याका अवस्था बारे कु्नै जानकारी नपाएर समस्यामा परका ती परिवारले कुनै निकायबाट केही पनि सहयोग नपाउदा झनै समस्यामा परेको उनले स्पष्ट पारे । बेपत्ता परिवारले आफुहरुलाई रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका कुरामा राज्यले ठोस सहयोग गर्नु पर्ने माग गरे । 

        आयोगका सदस्य डा.गंगाधर अधिकारीले अहिले सम्म पनि बेपत्ता परिवारको स्थिति सार्वजनिक नहुनु दुःखद कुरा भएको बताए । उनले बेपत्ताको पहिचान गरेर ती परिवारलाई परिचय पत्र बाडने प्रकृया समेत अघि बढेको जनकारी दिए । उनले संक्रमणकालीन न्यायकालागि द्धन्द्ध पीडीतहरुको चाडै समाधान हुनु पर्नेमा जोड दिए । उनले बेपत्ता परिवारलाई तिनै तहको सरकारले सहयोग गर्नु पर्ने बताए । ‘ सरकारले नै बेपत्ता परिवारको सेवा सुबिधा बारे चाडै निर्धारण गर्नु पर्छ ’ उनले भने । 

        प्रजिअ दीर्घ नारायण पौडेलले बेपत्ता परिवारलाई पालिकाहरुले नै ठोस सहयोग गर्नु पर्ने तर्क गरे । ‘ जिल्लामा २० जना मात्र बेपत्ता भएको उजरी छ, जिल्लामा रहेको १० पालिका मध्ये प्रत्येकले २ देखि ३ जनालाई सहयोग गर्ने कुरा ठुलो होईन ’ उनले भने । प्रजिअ पौडेलले बेपत्ता परिवारको जीवीकोपार्जनकालागि आफुले पालिकाहरुसंग पहल गर्ने  प्रतिबद्धता ब्यक्त गरे । 

        लुम्बिनी प्रदेशमा ७ सय ३० जना बेपत्ता भएको उजुरी छ । कार्यक्रममा आयोगका सचिव कृष्णजीवी घिमिरे, जिल्ला समस्य समितिका प्रमुख नारायण प्रसाद खनाल नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका संयोजक कृष्ण पगेनी, प्रहरी उपरिक्षक नवराज अधिकारी, सहायक प्रजिअ गणेश नेपाली रामलखन जैसवाल लगायतले सरकारले द्धन्द्ध पीडीतहरुको समस्याको समाधान चाडै गर्नुपर्ने बताए ।  

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६