मनोरञ्जन

नेपाली हास्य व्यङ्ग्य साहित्यका पाँडे र पौडेललाई भैरव पुरस्कार



काठमाण्डौ २० कार्तिक ।  नेपाली हास्य-व्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६-७७ का लागि क्रमशः रामकुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ । पाँडे चर्चित व्यङ्ग्यकार हुनुहुन्छ भने पौडेल हास्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश – एक लाख र पचास हजार रुपैयाँ रहेको छ ।

  वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्राध्यापक डाक्टर खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहनु भएको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अहिले कोभिड-१९ को सङ्क्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो । २०४६ साल देखि प्रत्येक २-२ वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आउँदो वर्षबाट वर्षेनि वितरण गरिने पनि रिजालले बताउनुभयो ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६