ब्रेकिंग न्युज

कोरोना बिशेष अस्पतालमा भर्ना पाउने नयाँ मापदण्ड लागु,भर्ना पाउने योग्यता के हो ?



बुटवल २० कार्तिक । बुटवलको धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा बिहिबार आइसियुमा भर्ना भएका बिरामीको संख्या १६ जना रहेको छ । १६ वटा बेड रहेको अस्पतालको आइसियुका सबै बेड भरिएको हो।आइसियु बाहेकका जनरल आइसोलेसनतर्फ ३६ वटा बेड रहेको छ । जहाँ लक्षण देखिएका तर गम्भीर नभएका बिरामीलाई राख्ने गरिन्छ। अस्पतालहरुमा साधारण बेड भन्दा निकै कम मात्र आइसियुमा बिरामी हुने गर्दछन

      तर अहिले बुटवलको कोरोना विशेष अस्पतालमा आइसियु भन्दा साधारण आइसोलेसनमा कम बिरामी छन । आइसियुमा १६ जना बिरामी हुँदा जनरल आइसोलेसनमा बिहिबार १० जना मात्र संक्रमित रहेका छन ।  पछिल्लो १० दिनयता आइसियुभन्दा बाहेकका आइसोलेसन बेडमा विरामीको संख्या कमी छ । असोज महिनामा आइसियुबाहेकको आइसोलेसन बेडमा ३० जनाको आसपासमा बिरामी हुने गरेका थिए ।

     जनरल आइसोलेसनमा बिरामीको संख्या कम हुन थालेको हो । सामान्य लक्षण भएकाहरुलाई पछिल्लो समय कोरोना अस्पतालमा भर्ना गर्न छोडिएको छ । अहिले आइसोलेसन बेडमा रहेका धेरैजसो आइसियुबाट सुधार भएर सारिएका बिरामीहरु रहेको कोरोना अस्पतालका वरिष्ठ कन्सल्टेण्ट डा. सुर्दशन थापाले जानकारी दिनुभयो । 

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६