कपिलवस्तु २२ कार्तिक । शाक्यबंशको सामुहिक नरसंहार गरिएको सग्रहवा-लम्वुसागर क्षेत्रको ५७ विगाह जमिन संरक्षणको शुरुवात भएको छ । जसकालागि डिभिजन बन कार्यलय कपिलवस्तुले सगरहवा-लम्वुसागरको ऐतिहासिक एवम पुरातात्विक क्षेत्रमा भएको अतिक्रमण हटाउने पहल थालेको छ । पुरातात्विक क्षेत्रमा परेको कुल ५७ विगाह मध्ये केहि जमिन अतिक्रमणमा परेको सरकारी नापजाँचवाट ठहर भएकोछ ।
जसकालागि केहि महिना पहिले लुम्विनी प्रदेशको उद्योग पर्यटन बन तथा वाताबरण मन्त्रालय रुपन्देही, डिभिजन वन कार्यलय कपिलवस्तु,जिल्ला मालपोत तथा नापि कार्यलय कपिलवस्तु ,लुम्विनी विकास कोष, पुरातत्व कार्यलय र कपिलवस्तु नगरपालिकाको उपस्थितीमा सो क्षेत्रको जग्गा नाप जाँच गरिएको थियो । नापजाँच हुदा अधिकांस जमिन बन क्षेत्रमा रहेपनि केहि हिस्सा ब्यक्ति बिशेषको आवादी क्षेत्रमा परेको पाइएको डिभिजन वन कार्यलय तौलिहवाका प्रमुख इश्वरी पौडेलले जानकारी दिनु भयो ।
यता उद्योग पर्यटन बन तथा वाताबरण मन्त्रालय लुम्विनीले सो जमिन लुम्विनी विकास कोषलाई हस्तान्तरण गर्न गरेको निर्णय डिभिजन बन कार्यलय कपिलवस्तु मार्फत कार्यान्वयनमा गएको छ । मन्त्रालयको १३३८ औं चलानीको पत्र अनुसार कपिलवस्तु न.पा. ६ र ९ मा पर्ने उक्त क्षेत्रको जमिनको रेखदेख र संरक्षण एवम प्रबद्र्धनको जिम्मा कोषलाई दिइएको हो । लुम्विनी विकास कोषले अतिक्रमित क्षेत्रको राज्यले तोकेको मुआब्जा दिएर खाली गराई संरक्षण गर्ने भएको छ ।
कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले कोषले अव छिटटै सो क्षेत्रमा काम थाल्ने स्पष्ट पार्नु भयो । कपिलवस्तु नगरपालिकाका ९ का वडाध्यक्ष शिव बहादुर वाग्लेले अतिक्रमित क्षेत्रका जग्गाको मुआब्जा निर्धारणको काम अघि बढाउन प्रशासन कार्यलय कपिलवस्तुलाई अनुरोध गरेको वताउनु भयो । छिटटै काम हुने उहाले वताउनु भयो ।
प्रतिक्रिया