ब्रेकिंग न्युज

स्वास्थ्य प्रमुख सहित आधादर्जन कर्मचारीमा संक्रमणपछि शिवराज नगरपालिका बन्द



कपिलवस्तु २४  कार्तिक । स्थास्थ्य शाखा प्रमुख सहीत एकैसाथ ६ जना कर्मचारीहरु कोरोना संक्रमति भएपछि कपिलवस्तुको शिवराज नगरपालिका ५ दिनकालागि बन्द गरिएको छ । नगरपालिकाले सुचना जारी गर्दै कोरोना संक्रमण फैलन सक्ने भन्दै कार्तिक २४ देखि २८ गते सम्मकालागि नगरपालिका बन्द गरिएको हो । 

    नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण बन्द गरिएको नगर प्रमुख नेत्रराज अधिकारीले प्रेसपाटीलाई बताए । नगरपालिकाका र मातहतका वडा कार्यालयहरुको नगरका सेवा बन्द हुने नगर प्रमुख अधिकारीले बताए । यस्तै नगरपालिकका बिद्यालयमा भइरहेको प्रत्यक्ष सिकाई सहजीकरणका कार्यक्रमहरु पनि वन्द भएको सूचना मार्फत जनाइएको छ ।

     यो सुचनासंगै कक्षा १२ को परिक्षा समेत अन्यौलमा परेको छ । यस अघि समुदाय स्तरमा कोरोना फैलिएपछि सो नगरपालिका  नगरपालिका समेत १५ दिनकालागि बन्द गरिएको थियो । 

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६