प्रदेश

महिलाविरुद्ध भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा राणा निर्वाचित



काठमाण्डौ २५ कार्तिक । महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा बन्दना राणा निर्वाचित हुनुभएको छ ।राति भएको चुनावमा उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । १ सय ८९ मध्ये राणाले १ सय ३७ मत प्राप्त गर्नुभयो ।११ सदस्यीय समितिका लागि २० जनाको उम्मेदवारी थियो । दोस्रो कार्यकालमा पनि मानवअधिकारका विषयमा सजिलोसँग काम गर्न पाउने राणाले बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय परिषद्मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति सिडको चालु कार्यसमितिमा पनि राणा सदस्य हुनुहुन्छ । नेपालको छाउपडी प्रथा, महिला हिंसा जस्ता घटनाले ‘सिड’ मार्फत् राष्ट्रसंघीय मञ्चमा बहसका लागि स्थान पाउने गरेको छ ।

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६