जीवनशैली

कस्तो बन्दै छ कपिलवस्तुको एकिकृत गुरुयोजना र कहिले हुन्छ पुरा ?



कपिलवस्तु २६ कार्तिक ।कपिलवस्तुका ७ वटा मुख्य बौद्ध सम्पदाको पुरातात्विक,साँस्कृतिक एवम भौतिक विकासका लागि लुम्विनी विकास कोषले बनाउन लागेको कपिलवस्तुको एकिकृत दिर्घकालिन गुरु योजना निर्माणमा ठोस सुझाव उपलब्ध गराउन कपिलवस्तुका मुख्य सरोकारवालासंग कोषले अन्तरकृया गरेकोछ । कपिलवस्तु जिल्लावाट केन्द्र तहमा प्रतिनिधित्व गर्ने संघिय सांसद, प्रदेश सांसद, केन्दिय नेता, प्रदेश नेता, पालीकाका प्रमुख तथा उपप्रमुख र  जिल्ला स्तरका नेता ,पर्यटन विद ,संचारकर्मी लगायत संग कपिलवस्तुको दिर्घकालिन गुरु योजनामा समेटिने विषयवस्तुलाई कसरी ब्यवस्थित रुपमा समावेश गर्न सकिन्छ भनेर राय सुझाव संकलनका लागि छलफल गरेको हो । 


    कपिलवस्तु जिल्लाका वुद्ध संग सम्वन्धीत सम्पदा क्षेत्र  समेटेर गुरु योजना निर्माणको काम अघि वढिरहेको सन्दर्भमा  लुम्विनी विकास कोषले दिर्घकालिन गुरु योजना बनाउन करिव डेढ वर्षवाट विभिन्न कृयालाप गर्दै आएकोछ ।तौलीहवामा आयोजीत छलफल कार्यक्रममा पूर्वमन्त्री एवम नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल (बलदेव) ले कपिलवस्तुको दिर्घकालिन  गूरु योजना वनेर कार्यान्वयमा आएपछि जिल्लाको पर्यटकीय विकासमा कायापटल  हुने  विश्वास व्यक्त गर्नु भयो ।उहाले सरोकारवाला निकाय कपिलवस्तु गुरुयोजना वनेपछि आशवस्त हुने भएकाले काम गरेर देखाउन कोषलाई आग्रह गर्नु भयो । पूर्वमन्त्री एवम सांसद बृजेश कुमार गुप्ताले लुम्विनी विकास कोषले कपिलवस्तुलाई धेरैपछि पारेको छाप जनतामा परेकाले उचित क्षेतीपूर्ति हुनेगरी काम गर्न आग्रह गर्नु भयो ।

     राष्ट्रिय सभा सदस्य, एवम नेकपा केन्द्रिय सदस्य  विमला घिमिरेले संघीय सरकारले पहिलो पटक विशेष  चासोका साथ  गुरुयोजना बनाउन लुम्विनी विकास कोषलाई मार्गदर्शन प्रदान गरेको वताउनु भयो । उहाले गुरु योजना  कर्यान्वयनमा ल्याउनका लागि विभिन्न दातृ निकाय संग सहयोग मागी स्रोत जुटाउन सरकारले सघाउने वताउनु भयो । पूर्वमन्त्री दिपकुमार उपाध्यायले वर्षौदेखि हुन नसकेको गुरु योजनाको काम लुम्विनी विकास कोष मार्फत हुनु खुसीको कुरा भएको उल्लेख गर्दै यसले जिल्लाको पर्यटकिय क्षेत्रको विकासमा मद्धत पुग्ने धारणा राख्नु भयो । कार्यक्रम मै आफ्नो भनाई राख्दै प्रदेश सांसद विष्णु पन्थी, रिना नेपाल , धरमवहादुरलाल श्रीवास्तव ,दिर्घनारायण पाण्डे लगायतले यो योजनाले जिल्लामा पर्यटकिय क्षेत्रलाई चमत्कारीक विकासका लागि मद्धत पुगोस भन्दै वौद्ध सम्पदा आसपासको जग्गा अधिग्रहण गर्दा स्थानीयलाई समेत चित्त बुझाएर गर्नु पर्ने सुझाव दिनु भयो ।


    यता नेकपाका नेता डम्मर शर्माले २६ सय वर्षको लामो इतिहास बोकेको तिलौराकोट सहितका वौद्ध सम्पदा र जगदिशपुर तालको पर्यटकीय विकासलाई  ध्यान दिएर वनाउन लागेको कपिलवस्तुको दिर्घकालिन गुरु योजनालाई ब्यवस्थित रुपमा लिखित सुझाव दिन नेकपाको तर्फवाट बनेको कार्यदलको संयोजकका हिसावले विस्तृत विवरण पेश गर्नु भएको थियो । यस्तै नेपाली कांग्रेसका नेता सुधाकर पाण्डे ,जसपाका नेता राम निवास यादव लगायतले सुझाव दिनु भएको कार्यक्रममा विज्ञका तर्फवाट अनिल चित्रकार र डा. संजय कुमार उप्रेतीले विषयगत अवधारणा राख्नु भएको थियो ।लुम्विनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ( भिक्षु मैत्रेय)को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै भिक्षुले अवको ३ वर्षमा लुम्विनी  गुरुयोजना पुरा हुने भएकाले कपिलवस्तु गुरु योजनाको काम तीब्र पारिने आश्वासन दिनु भएको थियो । 

    प्रदेश ५ को महत्वपूर्ण पर्यटकीय सम्पदा, राजा शुद्धोधनको दरवार, गौतम बुद्धले २९ बर्ष विताएको पावन भूमी र  तत्कालिन  शाक्य गणराज्यका साथै  शुद्धोधनको राजदरवार तिलौराकोट, हजारौ शाक्यको सामुहिक बधस्थल सग्रहवा ,बुद्धले पहिलो पटक भिक्षुलाई सम्वोधन गरेको कुदान, कनकमुनि बुद्धको जन्मथलो निगालीकोट, क्रकुछन्द बुद्धको जन्मथलो गोटिहवा , वौदकालिन स्तुप भेटिएको अरौराकोट, सहितका ७ मुख्य बौद्ध स्थललाई समटेर दिर्घकालिन गुरु योजना अवको  ४ महिनामा निर्माण पुरा गर्ने कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले प्रेसपाटीलाई जानकारी दिनु भयो ।

    कार्यक्रमको सहजीकरण कोषका कपिलवस्तु साइट प्रमुख माधव आचार्य र स्वागत कोषका कार्यकारीणी सदस्य राजेश ज्ञवालीले गर्नु भएको थियो ।  मुख्य राजनैतिक दल र सरोकारवाला सबैलाई समेटेर सुझाव संकलन कार्यशाला  कपिलवस्तु गरेपछि अव प्रदेश स्तरमा गर्ने तयारी लुम्विनी विकास कोषले गरेको उपाध्यक्ष त्रिपाठीको भनाइछ । दिर्घकालिन गुरु योजना पुरा गर्न करिव १६ अर्व रकम आवश्यक पर्ने पूर्वानुमान रहेकोछ । 

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६