ब्रेकिंग न्युज

नारामा सीमित वाल अधिकार । समाज मै असुरक्षित छन् बालबालिका ।



कपिलवस्तु, मङ्सिर ५
कोरोनाको
कहरमा दुई छाक टार्नका लागी १२ वर्षीय बालिकालाई घर हेर्न लगाई धान बोक्न
गएका थिए । कार्तिक ५ गते बिहान ८ बजे कामका लागी गएका बुबा आमा घरमा बसेकी
छोरीको अवस्था देखे पछि प्रहरी समक्ष पुगे । वालिका एक्लै भएको मौका छोपी
२५ वर्षका अमृत व घर्ती क्षेत्रीले बिहान साढे ९ बजे बलात्कार गरेका थिए ।
घर छाडेको डेढ घण्टामा ती बालिका आफ्नै छिमेकी दाजुबाट बलात्कृत भइन ।
मिठाइ खुवाउने लोभ देखाएर अमृतले नजिकैको वनमा लगी जबरजस्ती करणी गरेका थिए
। ती वालिकाले कहिल्यै पनि कल्पना गरेकी थिइनन् की आफ्नै छिमेकी दाजुबाट
यौन शोषणमा परिन्छ ।’ प्रहरीले सोही दिन राती शिवराज नगरपालिकाबाट पिडकलाई
पक्राउ गरी मुद्दा चलाएको थियो । 
आज ‘सुनिश्चित वाल अधिकार , समृद्ध
नेपालको आधार ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय वाल दिवस मनाउन लागिएको छ
। वाल अधिकार सुनिश्चित भन्दा पनि समाज मै वाल वालिका असुरक्षित हुँदै
गएका छन् । विद्यालय, आफन्त, छिमेकी तथा विश्वनिय व्यक्तिबाट नै वाल वालिका
असुरक्षित हुँदै आएका छन् । वाल वालिका घरमा कुटपिट तथा हिंसामा पर्दै
आएका छन् । कोरोनाका कारण शैक्षिक संस्था बन्द हुँदा धेरै बालिकाहरू यौन
हिंसाका परेका छन् । लामो समय देखी आर्थिक गतिविधि कम हुँदा बाल बालिका बेच
विखनमा पर्ने समेत देखिएको छ । कोरोनाको प्रभावले गर्दा अति विपन्न
परिवारका बाल बालिकाहरू दैनिक जोहो गर्न समेत गारो भएको छ ।
विश्वव्यापी
महामारी कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमणबाट विश्वका कुनै देश अछुतो
रहेका छैनन् । कोरोनाले प्रभावित भएको नेपालमा लामो समय लकडाउन
(बन्दाबन्दी) भयो । तर आश्रय गृहमा हिंसा प्रभावितको उपस्थितिले
बन्दाबन्दीमा समेत महिला र बालबालिका असुरक्षित रहेको प्रस्ट्याएको छ । 
यौन हिंसामा पर्नेमा बालिका बढी ।
जिल्ला
प्रहरी कार्यालय कपिलवस्तुको तथ्याङ्कले समेत बन्दाबन्दीको अवस्थामा
हिंसाका घटना वृद्धि भएको प्रस्ट्याएको छ । गत आर्थिक वर्ष २०७६÷७७ को
अवधिमा प्रहरीमा करणी सम्बन्धी ५२ मुद्दामा जाहेरी आएको देखिन्छ । जाहेरी
आएकामा जबरजस्ती करणीका ३२ वटा, करणी उद्योगका १२ वटा, हाडनाता करणीका २
वटा र अप्राकृतिक मैथुन तथा बाल यौन दुर्व्यवहारका १÷१ मुद्दा छन् । तर
जाहेरी आएका मध्य गत आवको बन्दाबन्दी सुरुवात भएको चैत्र ११ देखी आषाढ
मसान्त सम्मको अवधिमै २३ जबरजस्ती करणी र ९ जबरजस्ती करणी उद्योग गरी ३२
करणी सम्बन्धी मुद्दाको जाहेरी दर्ता भएको देखिन्छ । 
त्यसै गरी चालु
आर्थिक वर्षमा जबरजस्ती करणीका १४ र करणी उद्योगका ७ गरी कुल २१ जाहेरी
दर्ता भएका छन् । २१ करणी भएका मध्ये १६ जना वालिका रहेका छन् । यौन जन्य
हिंसामा वालिका धेरै पीडित भएको तथ्याङ्कले देखाउँछ । 
मानव तस्करको जालोमा बालबालिका । 
मानव
तस्करको जालोमा वाल वालिका समेत पर्दै आएका छन् । वाल वालिकालाई राम्रो
रोजगार लगाइदिने वाहानामा सीमावर्ती शहर हुँदै भारत तर्फ लगिने गरेका छन् ।
लकडाउनका समय समेत चोर बाटो हुँदै बालबालिका भारत तर्फ लगिएका छन् ।
भारतमा उनीहरू कोठी ( घरका काम) र यौन शोषणमा समेत पर्ने गरेका छन् ।
कपिलवस्तुका सीमा हुँदै जान लागेका ६३ बालबालिका गत वर्ष उद्धार भएका छन् । 
यस वर्ष असोजमा २५ र कार्तिक मा २८ जना वाल वालिकालाई शान्ति पुर्न
स्थापना गृह कृष्णनगरले सीमाबाट उद्धार गरेको छ । कोरोनाका कहरको वेलामा
समेत वाल वालिकाको तस्करी रोकिएको छैन । कपिलवस्तु , प्युठान, दाङ,
अर्घाखाँची लगायतका वाल वालिका मानव तस्करीका क्रममा समातिएका छन् । 
विद्यालयमा समेत असुरक्षित ।
कपिलवस्तुको
महाराजगन्ज नगरपालिकाको जानकी माध्यमिक विद्यालयको २ वर्ष अगाडी बाल
बाउन्ड्री भत्किएको थियो । बाउन्ड्री भत्किए पछि त्यहाँका युवाहरूको रमाइलो
गर्ने थलोको रूपमा विकास हुँदै आएको छ । क्रिकेट खेल्ने , बाइक रेसिङ
गर्ने, चुरोट खाने युवाहरूको लर्को लाग्ने गर्दछ । विद्यालयको अगाडी जमघट
हुने हुँदा विद्यालयमा आउने बालिकाहरू असुरक्षित हुँदै गएका छन् । उनीले
पढ्न आउने वालिका जिस्काउने, अभद्र व्यवहार गर्ने जस्ता कार्य गर्दै आएका
छन् । बालिकाहरूले विद्यालय प्रशासन सँग जानकारी गराउँदा समेत विद्यालयले
केही गरेको छैन । स्थानीय सरकारले समेत दैनिक वालिका माथि अभद्र व्यवहार
हुँदा समेत चासो दिएको छैन । प्रहरी कार्यालय बाट विद्यालयको दुरी ४ सय
मिटर रहेको छ तर कसैको चासो नहुँदा बालिकाहरू अभद्र व्यवहार सहेर विद्यालय
आउने गरेका छन् । 
कपिलवस्तुमा हेर्ने हो भने शिक्षकबाट वालिका यौन
हिंसामा परेका छन् । महाराजगन्ज नगरपालिकाका एक शिक्षक वालिका माथि यौन
हिंसा गरे पछि प्रहरीले पक्राउ गरेको थियो ।  विद्यालयमा शिक्षकको हात बाट
कुटपिट हुने जस्ता घटना पनि पटक पटक दोहोरिएका छन् । विद्यालय शान्ति
क्षेत्र घोषणा भए पनि शिक्षकहरू लट्ठी समाएर कक्षामा बसेको अधिकांश
विद्यालयमा देख्न सकिन्छ । 
प्रोजेक्टको कामकै भरमा स्थानीय सरकार । 
कानुन
अनुसार वाल वालिका हेर्ने जिम्मा स्थानीय सरकारको हो । तर स्थानीय सरकार
भने एन जी ओ कार्यक्रम हुँदा मात्र वाल वालिकाको क्षेत्रमा काम गर्ने गरेको
छ । प्रोजेक्ट सकिए पछि स्थानीय सरकारले बालबालिकाका क्षेत्रमा गरिने
क्रियाकलाप रोकिन्छ । कपिलवस्तुका बुद्धभुमी नगरपालिका , शिवराज नगरपालिका ,
महाराजगन्ज नगरपालिका, कपिलवस्तु नगरपालिका , विजयनगर गाउँपालिका,
मायादेवी गाउँ पालिकामा १ वर्ष अगाडी वाल वालिकाका क्षेत्रमा नमुना काम
गर्दै आएका थिए । वाल वालिका लक्षित परियोजना हुँदा चलायमान पालिका
परियोजना गए लगत्तै सुतेका छन् । स्थानीय सरकारले वाल वालिकाका लागी गुरु
योजना निमार्ण गरे पनि काम नहुँदा वाल वालिका अधिकार बाट वञ्चित भएका छन् ।  

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६