अर्थ-वाणिज्य

सिमसार क्षेत्रमा १० हजार माछा छोडेर मत्स्य दिवस



कपिलवस्तु ६ मंसिर  विश्व मत्स्य दिवस २०७७ का अवसरमा बिश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तुको जगदिशपुर तालमा १० हजार माछाका भुरा छोडिएको छ । लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तब्यको रुपमा रहेको कपिलवस्तु नं ९ र १० स्थित जगदिशपुर तालमा मत्स्य दिवसको अबसर पारि  माछाका भुरा छोडिएको हो । प्रत्येक बर्ष अग्रेजी महिनाको नोभेम्बर २१ तारिखका दिनमा विश्व भर विश्व मत्स्य दिवस मनाउँदै आइएको छ । 


 यसैसन्दर्भमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलवस्तुले जगदिशपुर जलाशलय ब्यवस्थापन सरोकार मञ्चको सहकार्यमा दिवस मनाएको हो । माछा खाऔं ,स्वास्थ्य मुटु कायम गरि निरोगी बनौं भन्दै जौबिक बिबिधतालाई मध्यनजर गरि स्थानीय प्रजाति रहु र नैनीको १० हजार गोटा माछाका ठूला भूरा छाडिएको केन्द्रले जनाएको छ । कार्यक्रममा बोल्दै जगदिशपुर जलाशलय ब्यवस्थापन सरोकार मञ्चका अध्यक्ष ललित गुरुङले पछिल्लो सयम प्रदेश तथा स्थानीय सरकारबाट स्थानीय प्रजातिका माछा संरक्षणका लागि सहयोग भएकाले तिनीहरुको सङ्ख्या बढ्दै गएको बताउनुभयो । 

    तालमा रहेका माछा चराहरुको संरक्षणका बिभिन्न पहल भईरहेको बताउदै ताल सौन्दरीकरणका लागि पनि बिभिन्न कार्ययोजना तयार भैसकेको जानकारी गराउनुभयो । यस्तै कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कपिलवस्तुका प्रमुख दिपक भूषालले ब्यवसायिक कृषकहरुका लागि प्रदेशबाट ऋणमा ब्याजको अनुदान,माछा पोखरी कार्यक्रम ,दानामा अनुदान लगाएतका कार्यक्रमहरु ल्याउने तयारी रहेको बताउनुभयो । कपिलवस्तुमा माछाको प्रचर सम्भावना रहेको हुनाले ब्यवसायिक माछा पालन गर्ने किसानहरुलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

    माछाको सङ्ख्या बढाउने उद्देश्यसहित केन्द्रले बर्सेनी तालतलैयाहरुमा भुरा छाड्दै आएको उहाको भनाई छ । यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै कपिलवस्तु नगरपालिका वडा नं ९ का अध्यक्ष शिव वाग्ले र १० का वडा अध्यक्ष मोहनलाल शर्माले ब्यवसायिक माछा पालन कृषकहरुलाई लागि केन्द्रले प्रोत्साहन र सम्मानका कार्यक्रमहरुलाई जोड दिनुपर्ने सुझाब दिनुभयो । कार्यक्रमको सञ्चालन मत्स्य बिकास अधिकृत रुची श्रीवास्तवले गर्नुभएको थियो ।

प्रकाशित : ६ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६