पर्यटन

चुनावी सरगर्मी उच्च ,२ प्यानलमा कपिलवस्तुको देश दौडाह



कपिलवस्तु ८ मंसिर । कपिलवस्तुका  उद्योग बाणिज्य संघका २ अग्रज ब्यावसायीक नेता उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यामा २ प्यानलवाट उम्मेदवार बनेसंगै देशभर चुनावी मोहोलमा सहभागि हुने क्रम तीव्र पारेका छन् । जस अनुसार चन्द्र ढाकालको प्यानलवाट चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मिया उम्मेदवार बन्नु भएको छ भने किशोर प्रधान समुहवाट कपिलवस्तु उद्योग बाणिज्यसंघका निर्वमान अध्यक्ष यज्ञ प्रसाद भटराई केन्द्रिय सदस्यमा उम्मेदार वन्नु भएको छ । दुबै प्यानलवाट सदस्यको उम्मेदवार बनेकाका पक्षमा मतदातको मतको सुनिश्चित गर्न चन्द्रौटा उधोग वाणिज्य संघ र कपिलवस्तु उद्योग वाणिज्यसंघ जीतपुर शाखाले चुनावी क्यालेण्डर बनाएर अगुवाहरु परिचालित भएका छन् । 

    यहि क्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराईले  खुला तर्फ केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएपछि उद्योग वाणिज्यसंघ  कपिलवस्तु देशव्यापी प्रचार प्रसारमा जुटेको दावि गरेको छ । मंसिर ११ देखि १३ गते हुने महासंघको ५४ औं साधारण सभा र निर्वाचनका लागि मेची महाकाली र पहाडी जिल्लाका शाखामा पुगेर आफनो पक्षमा मतदान गर्न सवैलाई आग्रह गरेको शाखाले जनाएको छ । किशोर प्रधान नेतृत्वको आफनो समूह सक्षम र शसक्त भएको साथै साना, मझौला र ठुला व्यवसायीको हकहित र संरक्षणमा सिंगो टिम लाग्ने भएकाले निर्वाचनको माहोल बनेको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो । 

    उहाँले महासंघमा कपिलवस्तु जिल्लाको विगतको नकारात्क छाप र गलत कुरालाई आफुले यस अवधीमा मेटाएको समेत बताउनुभयो । केन्द्रिय नेतृत्वसंग कपिलवस्तु उद्योग वाणिज्य संघको भूमिका सुदृढ, प्रभावकारी र निकट बनाएकाले आफनो पक्षमा राम्रो माहोल बनेको अध्यक्ष पौडेलले बताउनुभयो । पुर्व पश्चिमका शाखाहरुसंग आफुले प्रत्यक्ष भेट गर्दा चुनावी नतिजा आफनो पक्षमा आउने कुरामा धेरै आशावादी भएको उम्मेदवार भट्टराईको दावी छ ।

     यता नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका जमसेर अलि मियाँले उद्योगी व्यवसायीहरुको हकहित र इज्जत प्रबद्र्धनका लागि आफ्नो उम्मेदवारी रहेको  दावि गर्नु भएको छ । देशकै अर्थतन्त्रमा ठूलो टेवा पुराउने उद्योग कलकारखानाहरु लुम्बिनी प्रदेशमा रहेकाले उनीहरुको समस्या समाधान गर्न आफु महासंघको नेतृत्वमा आउनु पर्ने मियाँले बताउनु भएको छ ।निर्वाचन मिति नजिकिदै जादाँ मियाको चुनावी सरगर्मी र घर दैलो अभियानले पनि तिब्रता पाएको छ ।

    महासंघको लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्य उम्मेदवारी दिएका चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेर अलि मियाँले   घर दैलो र भेटघाटलाई तिब्रता दिएको वताउनु भएको छ । मियाँले उद्योगी व्यवसायीहरुको समस्यलाई केन्द्रमा उठाउन गर्ने र समाधानका लागी पहल गर्ने दाविका साथ मतदाता भेटघाट जारी राख्नु भएको हो । लुम्बिनी प्रदेशका २० वटा शाखाका मतदाता संग भेटघाट र छलफल भइसकेको मियाँले बताएका छन । सबै शाखाका मतदाताबाट सकारात्मक आश्वासन पाएको उहाले प्रेसपाटीलाई वताउनु भयो । 

    “निर्वाचन हो ,मैले हर सम्भव प्रयास गर्छु , साथीहरुबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छु ” केन्द्रिय सदस्य उम्मेदवार मात्र होइन निर्वाचित भएरै छाडछु मियाँले भन्नु भयो । चन्द्र ढकाल मसुहवाट उम्मेदवार बनेका मियाले उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले देशको अर्थ व्यावस्था परिवर्तन गर्न सक्ने भएकोले कुशल तथा क्षमतावान व्यक्तिलाई चयन गर्न जरुरी रहेको बताउनु भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि मंसिर ११, १२ र १३ गते काठमाण्डौंमा हुदैछ । महासंघको केन्द्रिय सदस्य पदमा उम्मेदवार दिएका मियाँ चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष हुनुहुन्छ । अटल सिमेन्ट प्रा.लि.का अध्यक्ष रहेका मियाँ विभिन्न सामाजिक क्रियाकलापमा पनि सक्रिय रहनु भएको छ । विगतमा शिवराजको मेयरमा स्वतन्त्र प्रतिस्पर्धा गरेका मियाले सम्मानजनक मत ल्याउनु भएको थियो । 

प्रकाशित : ८ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६