अर्घाखाँची, १३ कात्तिक
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारबीच आवश्यक भएको बताउनुभएको छ । आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफलमा उहाँले विपद् व्यवस्थापनका योजना कार्यान्वयनदेखि अनुगमन, उद्धार तथा राहतसम्मका काममा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो । विपद्पछि राहत र उद्धारमा मात्रै सीमित नभई जोखिम न्यूनीकरण तथा सम्भावित क्षति रोक्ने योजनामा पनि सरकारले लगानी बढाउनुपर्ने उहाँको कथन थियो । विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिएर प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री आचार्यले बताउनुभयो । –––









प्रतिक्रिया