अर्थ-वाणिज्य

हेर्दैजानु-जनता जे चाहान्छन् सरकार त्यही गर्छ :अर्थमन्त्री पौडल



रुपन्देही ११ मंसिर ।अर्थमन्त्री विष्णु पौडेलले सरकारको विरोध प्रायोजित तवरले हुदै आएकोले जनस्तरवाट कुनै विरोध नभएको दावि गर्नु भएको छ । सिमित श्रोत साधान गर्न नसकेका काम धेरै होलान तर सरकारले नराम्रो काम के गरेको छ र विरोध गर्नु उहाले भन्नु भयो । लामो समय सत्ताका आडमा स्वार्थ सिद्धगरेकाहरु नियोजित रुपमा विरोधमा छन् भन्दै यस्ता विरोध दमदार नहुने उहाले औल्याउनु भयो ।

      रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको बालमैत्री नमुना मण्टेश्वरी भवनको उदघाटत र छात्रावास भवन निर्माण शुभारम्भ गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।उहाले भन्नु भयो हेर्दै जानु —जनता जे चाहान्छन् सरकार त्यही गर्छ ।    निर्वाचनको घोषणापत्रलाई कार्यान्वयन गर्ने गरी सरकार अघि बढेको पनि दावी गर्दै तिनाउ, दानव नदीको किनारमा बन्ने कोरिडोर यस क्षेत्रको आर्थिक, सामाजिक हिसावले महत्वपूर्ण आयोजना हुने प्रष्टयाउनु भयो । 

     तिनाउ, दानव कोरिडोरको जनस्तर  र सञ्चारकर्मीबाट निगरानी गर्न आवश्यक पर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका पौडेलले रुपन्देही साँघुरिदै गएको उल्लेख गर्दै व्यवस्थित शहरीकरणको योजनाका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो  ।   यस क्षेत्रलाई महानगरको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि सुनौलीदेखि बुटवल, तिनाउ नदी आसपासका पालिका र परासीसम्मको सीमानालाई महानगरको अवधारणामा अगाडि बढाउन सकिने उहाको भनाइ छ । महानगरको लागि गुरुयोजना बनाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि सरकारको तर्फबाट आफुले सहयोग पु¥याउने प्रतिवद्धता  व्यक्त गर्नु भयो  । 

    तिलोत्तमा नगरपालिकामा बन्ने मेडिकल कलेजको डिपिआरको तयारी भैरहेको बताउंदै २ सय विघा जमिनमा बन्ने मेडिकल कलेज लागतको हिसावले महत्वकांक्षी रहेको तर्क गर्नु भयो  । उहाले तिलोत्तमाका सबै वडालाई समेटेर तिलोत्तमा चक्रपथ बनाइने र त्यसका लागि चनाखो भएर लाग्न जनप्रतिनिधिलाई अर्थमन्त्रीले आग्रह गर्नु भयो  ।त्यस अवसरमा उनले गिर्वाण संस्कृति तथा साधारण माविको नमूना मण्टेश्वरी भवनको उदघाटन र छात्रावास भवनको शुभारम्भ गर्नु भएको थियो  । अर्थमन्त्री पौडेलले विद्यालयको भौतिक पूर्वाधारदेखि हरेक विकासका लागि वजेटको व्यवस्था गर्ने दायित्व जनप्रतिनिधिको भएको बताउनु भयो  । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदारचन्द्र पराजुलीले विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिबारे जानकारी गराउनु भयो । विद्यालयका शिक्षक कृष्ण पोखरेलले सबै क्षेत्रको सहयोगले विद्यालयले भौतिक प्रगतिसँगै शिक्षा क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्नु भयो  ।

प्रकाशित : ११ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६