पर्यटन

शिर्ष नेतृत्वलाई जनताले माफी दिएपनि यूगले दिदैन :मुख्यमन्त्री



रुपन्देही १३मंसिर देश बनाउने म्याण्डेट पाएका नेकपाका शिर्षनेतालाई पछिल्लो गतिविधीवाट जनताले माफि दिएपनि यूग (इतिहास)ले माफी नदिने र इतिहासले कलंकको रुपमा दर्ज हुने लुम्विनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले दावि गर्नु भएको छ । उहाले शिर्ष नेतृत्व विवेक हिन र जनादेश विरुद्ध लक्षित रहेको प्रष्टयाउनु भएको छ । रुपन्देहीको सैनामैनामा नेपालकै पहिलो स्मार्ट रिफ्रेस सेण्टर को सिलन्यास गर्दै यस्तो दावि गर्नु भएको हो । सो अवसरमा  मुख्यमन्त्री पोखरेलले रिफ्रेस सेण्टरले बहउपयोगी काम गर्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाले वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अगाडि बढेकाले अस्थिरताको आशंका नगर्न आग्रह गर्नुभयो ।

     राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण र राजमार्गको सरसफाईलाई ध्यानमा राखेर सैनामैनामा लुम्बिनी प्रदेश सरकारको लगानीमा नेपालमै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना हुने भएको हो । राजमार्गमा अब्यवस्थित पार्किङ गरेर फोहर गर्ने कार्यलाई निरुत्साहित गर्न र लामोदुरीको चालकहरुलाई केहिबेर आराम गर्ने ब्यवस्था गरि सवारी दुर्घटना न्युनिकरण गर्न प्रदेश सरकारले रिफ्रेस सेण्टरको स्थापनाको अवधारणा ल्याएको प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले जनाएको छ ।

  कार्यक्रममा बोल्दै प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले नेपाली समान्यज्ञानमा नेपालको पहिलो रिफ्रेस सेण्टर रुपन्देहीमा संचालनमा आएको इतिहास कायम गर्न पाउनु जिल्लाबासीका लागि गौरवको बिषय भएको बताउनुभयो । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले सैनामैनाले राजमार्गको सुरक्षा तथा आरामदायी रिफ्रेस सेण्टर संचालनमा उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

    दुई चरणमा सम्मपन्ने गर्ने गरि तयार गरिएको आयोजनाको पहिलो चरणको लागत अनुमान ४ करोड ८२ लाख रहेको छ । रिफ्रेस सेण्टरमा सवारी पार्कीङ, चार्जिङ सेण्टर, अत्याधुनिक शौचालय, चालक बिश्रामगृह, यात्रु प्रतिक्षालय, चमेना गृह लगायतका सुबिधा रहने छ ।

प्रकाशित : १३ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६