पर्यटन

प्रशासनले रोक्यो कपिलवस्तुमा २ ठूला मेलाको आयोजना



कपिलवस्तु १५ मंसिर ।कोभिड १९ अझै कायम रहेको र फैलन सक्ने भन्दै बाणगंगा नदीमा लाग्ने रामघाट र लक्ष्मणघाट मेला नलगाउन प्रशासनले निर्देशन जारी गरेको छ । भीडभाडले गर्दा कोरोना फैलन सक्ने भन्दै कार्तिक पुर्णिमाका दिन लाग्ने गरेका मेला यस बर्ष नलागउन प्रशासनले सुचना जारी गरेको हो । रामघाट मेला मंसिर १५ गते परेको छ । प्रजिअ दीर्घनारायण पौडेलले यस बर्ष कोरोनाको उच्च जोखिम रहेकोले भीडभाडका कुनै पनि कार्यक्रमहरु नगर्न आग्रह गरे ।

    सुचना अवाज्ञा गर्नेलाइ संक्रमण ऐन २०२० अनुसार कारबाही प्रकृया अघि बढाईने प्रशासनले जनाएको छ । रामघाट जिल्ला कै सबै भन्दा पुरानो र ठुलो मेला हो । यस दिन बाणगंगा नदीको रामघाट, लक्ष्मणघाट, बर्गदीघाट, हदौना लगायतका स्थानमा स्नान पछि मेला लाग्ने गर्दछ । भगवान राम बनबास जानेक्रमा प्यास लागे पछि बाणले हाने पछि पानी आएको थियो । त्यही बेला बाणगंगा नदीको उत्पत्ति भएको किमदन्ती छ । प्रशासनले निर्देशन दिए पनि रामघाट क्षेत्रमा स्नानकालागि सयौ श्रद्धालुहरु आईतवार राति नै ठाउ ठाउबाट पुगी सकेका छन ।

प्रकाशित : १५ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६