पर्यटन

कपिलवस्तुमा बृहद शिबिर,२ सय बढी रोगीको निःशुल्क अप्रेसन



कपिलवस्तु १५ मंसिर कपिलवस्तुमा बृहद निशुल्क आखाँ शिविर शुरु भएको छ । लिडो नेपालको आयोजना, आखा अस्पताल तौलिहवाको प्राबिधिक सहयोग तथा कतार च्यारेटीको आर्थिक सहयोगमा सो शिबिर सोमवारबाट सुरु भएको हो । सोही कार्यक्रम अन्तर्गत सोमवार मायादेबी गाउपालिका– २ पकडी स्वास्थ्य चौकीमा सोमवार शिबिर संपन्न भएको छ ।
     शिबिरमा ३ सय ७ जनाको आखा जाच भएको तौलिहवा आखा अस्पतालका ब्यवस्थापक प्रशान्त कार्कीले बताए । त्यस मध्ये १ सय ५ जना मोतिया बिन्दुका रोगी फेला परेको उनले बताए । शिबिरमा निःशुल्क औषधी समेत त्रितरण गरिएको थियो । मोतिया बिन्दुका बिरामीको तौलिहवा आखा अस्पतालमा निःशुल्क अप्रेशन गरी चश्मा समेत दिईने छ । शिबिरको उद्घाटन लिडोका अध्यक्ष तथा सांसद अतहर कमाल र मायादेबी गाउपालिका प्रमुख बजरंगी चौधरीले संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।         
     निःशुलक अप्रशेन हुने भएपछि मोतिया बिन्दुका बिरामीहरु खुशी भएका छन । मंसिर १७ गते बाणगंगा नगरपालिकाको चारनम्बर जितपुर स्थित सामुदायिक अस्पताल र मंसिर १९  गते बुद्ध्भुमी नगरपालिकाको गोरुसिंगे स्थित गौतमबुद्ध उमाबिमा यस्तै शिविर  हुने लिडो संस्थाकी सदस्य तथा ब्यवस्थापक सुनिता बेल्बासेले बताईन । आखाका रोगीहरुलाई लक्षित गरी यस बर्ष पनि जिल्लामा आखा शिबिर गरिएको अध्यक्ष कमालले बताए ।
     शिबिरमा भेटिएका मोतिया बिन्दुका बिरामीहरुलाई अप्रेशनको सेवा निःशुल्क उपलब्ध गराईने उनले प्रष्टाए । शिबिर पालिकाहरुको समन्वयमा गरिएको  हो ।  कतार च्यारेटीकिो सहयोमगा लिडाले कपिलवस्तु र रुपन्देहीका बिभिन्न स्थानमा गरिब र बिपन्नहरुलाई लक्षित गरी बिभिन्न  सामाजिक र आयमुलक काममा सहयोग गर्दै आएको छ ।

प्रकाशित : १५ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६