अर्थ-वाणिज्य

नवोल्ने नचल्ने ट्राफिक प्रहरीलाई सडकको डयुटी



रुपन्देही १७ मंसिर ।सडकमा ट्राफिक प्रहरी देखे मात्र ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बढेपछि लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बुटवलका विभिन्न स्थानमा ‘डमी’ ट्राफिक प्रहरी राखेको छ । केही समयअघि भैरहवाका विभिन्न तीन स्थानमा राखिएका डमी ट्राफिक प्रहरीबाट सवारीचालक र पैदलयात्रीलाई समेत ट्राफिक नियमबारे सचेत गराउन सहयोग पुगेपछि बुटवलमा पनि ‘डमी’ ट्राफिक प्रहरी राखिएको लुबिम्नी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो।

    बुटवलमा पहिलो चरणमा बढी भिडभाड हुने पुष्पलाल पार्क, राजमार्ग चौराह र यागीकुटीमा डमी ट्राफिक प्रहरी राखिएको पाण्डेले जानकारी दिए । ‘लुम्बिनी प्रदेशमा ट्राफिक जनशक्तिको अभाव छ । अहिले प्रदेशका १२ जिल्लामा ४९० जना ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण, पार्किङ व्यवस्थापन, सवारी चेकजाँचदेखि भिआइपीको आवतजावत र निगरानीमा खटिनुपर्ने अवस्था छ,’ प्रहरी नायब उपरीक्षक पाण्डेले भने, ‘एकजना ट्राफिक प्रहरीले करिब ८०० वटा सवारीसाधन हेर्नुपर्ने अवस्था छ ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६