अर्थ-वाणिज्य

राष्ट्रिय गौरवको पहिलो आयोजना पुरा गर्नेमा लुम्विनी प्रदेश पहिलो: मन्त्री भटराई



भैरहवा २१ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७ वटा प्रदेशमा संचालित गौरवका २२ आयोजना मध्ये लुम्विनी प्रदेशको अन्तराष्ट्रिय गौरवको आयोजना सम्पन्न हुने पहिलो आयोजना बन्न लागेको स्पष्ट पार्नु भएको छ । भैरहवामा लुम्विनी विकास कोषको कामको सिलसिलामा आउनु भएका मन्त्री भटराइले पत्रकारसंगको भेटमा भन्नु भयो निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना सरकारले लिएर भएपनि छिटै नै निर्माण सम्पन्न गर्ने छ ।

    विमानस्थलको स्थलगत निरिक्षण गर्दै मन्त्री भट्टराईले नेपाल सरकारले २२ वटा राष्ट्रिय गौरवको आयोजना मध्ये पहिलो सम्पन्न हुने आयोजना गौतमबुद्ध विमानस्थल भएकाले कुनै हालतमा असफल नहुने बताउनु भयो  । ‘सामान्य अवस्था भए जनवरीबाट उडान हुने थियो, हाम्रो काबु बाहिरको परिस्थतिले अवरोध सिर्जना भयो । अब पनि प्राविधिकहरु आएन भनेर अल्झिनु हुदैन, विकल्प खोज्दै गरौं, मन्त्रालयले आफ्नो सामथ्र्य भन्दा बाहिरको प्रयास पनि जारी राखेका छौं’–मन्त्री भट्टराईले बताउनु  भयो  ।
    
   ‘चीन, अमेरिका, अष्ट्रिया, थाइल्याण्डबाट दक्ष जनशक्ति आउनु पर्ने भएपनि थाइल्याण्डका प्राविधिकहरु जोखिमका कारण आउन मानेका छैनन्, त्यहाको सरकारले समेत सबै उडान बन्द गरेकोले प्रयास जारी छ,  आउने कुरा छ मन्त्रालयले समन्वय र सम्पर्क गरिरहेको छ,’–मन्त्री भट्टराईले औल्याउनु भयो  । उडानका लागि अन्तर्राष्ट्रिय एअरलाइन्सहरु लागि चासो देखाइसकेको वताउदै विमानस्थलको निर्माण सम्पन्न गर्न २५ दिनको समय बाँकी रहेको उहाले जानकारी दिनु भयो । यसबीचमा निर्माण पूरा हुनेनहुने आधार र खाका लिएर आयोजनालाई २५ दिन होमवर्क गर्न समय दिएको स्पष्ट पार्नु भयो ।

   आयोजको भौतिक प्रगति करिब ९३ प्रतिशत भएको र अहिले ९५ प्रतिशत उपकरणहरु अधिकांश फिल्डमा आइसकेको बताउँदै  रसुवामा रोकिएको उपकरण ल्याउन समन्वय भइरहेको छ आउने प्रक्रियामै रहेको जानकारी दिनु भयो ।  १५ जनवरी २०१५ मा सुरु भएको आयोजनाकोे म्याद थप सहित डिसेम्बर ३० सम्मको समयावधि छ । अहिलेसम्म ९३ प्रतिशत काम सम्पन्न भएको छ भने ६ अर्ब ८२ करोडको आइसीबी १ को काम र ५० करोड बढिको लागतमा आइसीबी २ को काम निर्माणको चरणमा छ ।

प्रकाशित : २१ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६