अन्तर्राष्ट्रिय

पहिचान नखुलेको रोगका कारण झण्डै ३ सय जना बिरामी



काठमाण्डौ २२ मंसिर ।  पहिचान नखुलेको रोगका कारण भारतको आन्ध्र प्रदेशमा बिरामी पर्नेको संख्या बढ्दै गएको छ ।  त्यहाँ एक हप्तामा पहिचान नखुलेको रोगका कारण १४० जना अस्पतालमा भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उक्त रोगका कारण झण्डै ३ सय जना बिरामी परेका छन् ।बिरामी हुनेमा ४ वर्षका बालबालिका पनि रहेका छन् । यस्ता बिरामीलाई अचानक आँखा पोल्ने र उल्टी हुने जस्ता लक्षण देखिएको एलरु सरकारी अस्पतालका एक जना डाक्टरलाई उदृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ ।

अहिलेसम्म अस्पताल भर्ना भएका एक सय २५  जना डिस्चार्ज भएका र अन्यको उपचार भइरहेको खबरमा उल्लेख छ ।आन्ध्र प्रदेशको गोदावरी जिल्लाका नागरिकमा स्वास्थ्य समस्या देखिएको हो । दूषित खानेपानी र प्रदूषित वातावरणका कारण पनि स्वास्थ्यमा समस्या आएको हुन सक्ने अनुमान गरिएको छ । तर,आन्ध्र प्रदेशका स्वास्थ्यमन्त्री अल्ला काली कृष्ण श्री निवासले बिरामीको रगतको नमुना संकलन गरी परीक्षण गर्दा त्यस्तो केही समस्या नपाएको बताउनु भएको छ । उहाँले खानेपानीको नमुना परीक्षणमा कुनै खराबी नपाएको तथा बिरामीको रगतमा पनि कुनै भाइरस नभेटिएको बताउनु भएको हो । सबै बिरामीको कोरोना परीक्षण पनि नेगेटिभ आएकाले रोगको विषयमा अन्यौलता बढेको छ ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६