पर्यटन

सुपादेउराली मन्दिरको भिरबाट खसेर १ को मृत्यु



शितगंगा २२ मंसिर ।अर्घाखाँचीको प्रसिद्ध सुपादेउराली नजिकै भिरवाट खसेर १ जनाको मृत्यु भएको छ ।अर्घाखाँचीकै पाणिनी गाउपालिका ७ का १९ बर्षिय अनिल आचार्य सुन्तला बेच्ने क्रममा भिर बाट खस्दा ज्यान गएको इप्रका ठाडाका प्रहरी निरिक्षक बाबूराम बस्नेतले जानकारी दिनु भयो ।

    मन्दिर नखुले पनि आन्तरिक प्रयटकहरु बढे सँगै सुपा देउरालीमा व्यापार बढ्न थालेसँगै आचार्य समेत सुन्तला बिक्री गर्न सुपा देउराली आउने गरेका थिए । भिरबाट झन्डै ३०० मिटर तल खस्दा घटना स्थलमै मृत्यु भएको प्रहरिले जनाएको छ । उनको शव पोस्ट्माटमको लागि सन्धिखर्क जिल्ला हस्पिटल पठाइएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभएको छ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६