ब्रेकिंग न्युज

मधौलिया सामुदायिक वनको नेतृत्वमा नन्दराम पोख्रेल, ६३ मतसहित अध्यक्षमा निर्वाचित



उपभोक्ताको विश्वास सहित नयाँ कार्य समिति चयन, वन संरक्षण र दिगो व्यवस्थापनमा प्रभावकारी नेतृत्वको अपेक्षा

मधौलिया, मंसिर ६


कपिलवस्तुको मधौलिया सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा नन्दराम पोख्रेल निर्वाचित हुनुभएको छ। समूहको २३औँ साधारण सभा तथा आठौँ अधिवेशन र मधौलिया वन उद्यानको दोस्रो साधारण सभाबाट पोख्रेल अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन संयोजक भिष्मराज भुसालले बताउनु भयो ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा पोख्रेलले ६३ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी ज्ञानेन्द्र पाण्डेले ६ मत प्राप्त गर्नुभएको थियो। कुल ७६ जना प्रतिनिधिमूलक सदस्य रहेको समूहमा पाँच जना अनुपस्थित रहेको जनाइएको छ।
अधिवेशन बाट उपाध्यक्षमा सोमकुमारी बन्जाडे क्षेत्री, सचिवमा विष्णु मल्ल, सहसचिवमा फूलकुमारी थारू र कोषाध्यक्षमा दुर्गाबहादुर घर्ती क्षेत्री चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा मोहन शाही, ठाकुर न्यौपाने, सुशीला खनाल, शकुन्तला बीसी, रामप्रसाद चौधरी, शिवकला बेल्बासे र मनकला चुँदाली चयन हुनुभएको छ। लेखा समितिको संयोजकमा विष्णुबहादुर केसी तथा सदस्यमा निर्मला खनाल चयन हुनुभएको छ।
नयाँ नेतृत्व चयनसँगै सामुदायिक वनको संरक्षण, संवद्र्धन, दिगो व्यवस्थापन र उपभोक्ताको हित प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी नवनिर्वाचित कार्यसमितिको काँधमा आएको निवर्तमान अध्यक्ष षडानन्द गौतमले बताउनु भयो ।
सामुदायिक वन काठ, दाउरा र वन पैदावार प्राप्त गर्ने स्रोत मात्र नभई वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, स्थानीय रोजगारी तथा समुदायको आर्थिक र सामाजिक विकाससँग जोडिएको साझा सम्पत्ति भएकोले त्यसैले वनको संरक्षणसँगै पारदर्शी आर्थिक व्यवस्थापन, उपभोक्ताको समान सहभागिता र वनबाट प्राप्त हुने लाभको न्यायोचित वितरणमा विशेष ध्यान दिने नवनिर्वाचित अध्यक्ष नन्दराम पोख्रेलको भनाई रहेको छ ।
अध्यक्ष पोख्रेलले मधौलिया वन उद्यानको विकास, पर्यापर्यटनको सम्भावना विस्तार र वनलाई स्थानीय समुदायको आयआर्जनसँग जोड्न सामुदायिक वन संरक्षणसँगै आर्थिक समृद्धिको माध्यम समेत बन्न सक्ने अध्यक्ष पोख्रेलको भनाई रहेको छ ।

प्रकाशित : ७ मंसिर २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६