अन्तर्राष्ट्रिय

फाइजर बायोएनटेकले विकास गरेको खोपले अमेरिकामा स्वीकृति पायो



काठमाण्डौ २७ मंसिर । फाइजर-बायोएनटेकले विकास गरेको खोपले अमेरिकामा स्वीकृति पाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनको दबाबका कारण  फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए)ले कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालीन स्वीकृति पाएको २४ घण्टाभन्दा कम समयमा नै खोप वितरण थालिने बताउनु भएको छ ।यसअघि एफडीएका प्रमुख स्टिफन हानलाई खोपलाई स्वीकृति दिन वा राजीनामा दिन ह्वाइट हाउसले दबाब दिएको अमेरिकी सञ्चारमाध्यमले बताएका थिए ।

तर यो दाबी सत्य नभएको हानको प्रतिक्रिया छ । खोपलाई स्वीकृति दिनुअघि अमेरिकी विज्ञले अमेरिकामा पनि आपतकालीन प्रयोगका लागि स्वीकृति दिँदा समस्या नहुने सुझाव दिएका थिए ।विश्वमा कोरोना भाइरसबाट अमेरिका सबैभन्दा प्रभावित देश हो । त्यहाँ अहिलेसम्म कोरोनाका कारण दुई लाख ९२ हजार जनाको ज्यान गइसकेको छ भने एक करोड ६२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । अमेरिकाअघि फाइजरको खोपलाई बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले अनुमति दिएको थियो ।

प्रकाशित : २७ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६