खेलकुद

दुलही जस्तै सिगारीदै छ देउखुरी अन्तर्राष्ट्रिय स्टेडिम



दाङ  २ पुस । मैदान भित्र रहेका फोहोर, कसिंगर र सिसौको बोट विरुवा फालिएको छ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता दाङको देउखुरी अन्तर्राष्ट्रिय स्टेडियम लमहीमा हुने भएपछि मैदानलाई दुलही जस्तै सिंगारीदैछ ।

     प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता देउखुरी अन्तर्राष्ट्रिय स्टेडिम लमहीमा हुने भएपछि मैदान सरसफाइ गर्न थालिएको हो । यसभन्दा केही दिन अगाडि मैदान भित्र सिसौका बोटविरुवाहरु मात्रै देखिन्थ्यो, जस्ले गर्दा मैदान सिसौ बगरम परिणत भएको थियो ।तर अहिले मैदान भित्र ग्रास कटिङ्, पिच मर्मत, आउट फिल्डमा माटो फिलिङ्ग, रोलिङ् र पानी सिचाइको काम भइरहेको देउखुरी क्रिकेट क्लवका सदस्य प्रेमप्रसाद पुलामीले जानकारी दिए  । सदस्य पुलामीका अनुसार पुसको पहिलो हप्ताभित्र मैदानमा जुनसुकै प्रतियोगिता खेलाउन सकिने छ ।

    मैदान भित्र रहेको इण्डोर क्रिकेट अभ्यास हलमा तिनवटा अभ्यास खेल खेल्न सकिनुका साथै नेट प्यास्टिकको लागि दुईवटा पिच तयारी अवस्थामा छन् भने दर्शकको लागि सार्वजनिक शौचालय र खेलाडीहरुको लागि छुट्टै शौचालय रहेको छ । प्रतियोगिताको लागि चारवटा साइड स्कृन बोर्ड तयारी अवस्थामा रहेको छ भने खेलाडीलाई आवश्यक पर्ने दुईवटा ड्रेसिङ्ग रूम बनिबनाउ अवस्थामा रहेको उनको भनाइ  छ ।

प्रकाशित : २ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६