अन्तर्राष्ट्रिय

डब्ल्यूएचओका अनुसार एसियाली क्षेत्रमा कोरोना विरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने



काठमाण्डौ ३ पुष । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एसियाली क्षेत्रमा कोरोना विरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ ।संगठनले एसियामा तत्काल खोप पाउने सम्भावना कम रहेको र ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने जनाएको हो । खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेकाले ढिला हुने संगठनको भनाइ छ । 

त्यसैगरी खोपको उत्पादन, गुणस्तर व्यवस्थापन र सबैलाई ठाउँ-ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ । डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका तर धेरैजसो देशले अझै पनि सुरु गर्न नसकेका बताउनुभयो ।  एसिया क्षेत्रका देशले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै खोप ल्याउन सक्ने देखिएको उहाँले बताउनु भएको छ ।

प्रकाशित : ३ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६