काठमाण्डौ ६ पुष । कोरोना प्रभावितका लागि अमेरिकामा झण्डै नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याइएको छ ।महिनौँदेखिको खिचातानीपछि अमेरिकी सांसदहरू राहत प्याकेज ल्याउन सहमत भएका बीबीसीले उल्लेख गरेको छ । व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि त्यसमा रकम समेटिएको छ । आममानिसलाई दिइने खोपका लागि र विद्यालयहरू पुनः सञ्चालनमा ल्याउनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने छ ।
यो महिनाको अन्त्यतिर कोभिड–१९ सँग सम्बन्धित धेरैजसो सहायता कार्यक्रमको म्याद सकिन लागेका बेला पछिल्लो सहमति भएको हो । बेरोजगार नागरिकले पाउने सुविधामा पहुँच पाउनबाट झण्डै एक करोड २० लाख अमेरिकी नागरिकहरू वञ्चित हुन लागेका थिए ।गएको बिहीबार सार्वजनिक तथ्याङ्कअनुसार गएको हप्ता आठ लाख ८५ हजार बेरोजगार नागरिकले आफूले पाउने सुविधाका लागि आवेदन दिएका छन् ।
प्रतिक्रिया