अर्थ-वाणिज्य

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट आज उद्घाटन हुदै



देउखुरी, ११ पुस । दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता आज सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा लमहीको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता हुने भएको हो ।यो प्रतियोगीतामा एउटा एपिएफको विभागिए टिम सहित ७ प्रदेश गरी ८ ओटा टिमले भाग लिने छन् । क्रिकेट प्रतियोगीताको सबै तयारी पुरा भएको नेपाल क्रिकेट संघ क्यानका लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।‘प्रतियोगीताको सबै तयारी पुरा भएको छ । विहान ९ बजेबाट खेल सुरु हुने छ’थापाले भन्नुभयो,–‘पुस १९ गते सम्म प्रतियोगीता चल्ने छ ।’

    शनिबार विहान प्रतियोगीताको उद्घाटन  गरिने छ । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन  गर्ने कार्यक्रम राखिएको छ ।  प्रतियोगीतामा भाग लिने चार ओटा टिमका खेलाडीहरु लमही आईपुगेका छन् । बाँकी खेलाडी आउने क्रममा छन् । कोरोना भाइरस संक्रमका कारण ७–८ महिना प्रभावित भएको क्रिकेट प्रतियोगीता पुनः सुरु हुदा खेलाडीहरु उत्साहित भएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगीता आयोजना गरिएको छ ।आठवटा टिमलाई दुई समुहमा विभागन गरिएको छ । ‘ए’ समुहमा एपिएफ, प्रदेश नं. २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छ ।‘वि’ समुहमा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नं. १ छ । दैनिक दुई ओटा प्रतियोगीता हुनेछन् । 

    शनिबार पहिलो खेल विहान ९ बजेबाट हुने छ ।लुम्बिनी प्रदेश र प्रदेश नं. २ का विचमा विहान खेल हुने छ । दिउँसो १ बजे बाट एपिएफ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । १२ गते आइतबार विहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको विचमा खेल हुनेछ । दिउँसोको खेल एपिएफ र     प्रदेश नं. २ का विचमा हुने छ । १३ गते प्रदेश नं. २ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशको विचमा खेल हुने छ ।१४ गते सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुनेछ । दिउँसोको खेल बागमती प्रदेश  र प्रदेश नं. १ का विचमा खेल हुनेछ । १५ गते सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ को विचमा, दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुने छ । 

    १६ गते विहानको खेल सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशको विचमा, दिउँसो गण्डकी प्रदेश र प्रदेश नं. १ को विचमा खेल हुने छ ।पुस १७ गते सेमिफाईनल खेल हुने छ । विहान ए गु्रपको विजेता र वि गुप्रको रनर अफको विचमा हुनेछ । दिउँसाको सेमिफाइनल खेल बिजेता गु्रप वि र रनर अफ गु्रप ए का विचमा हुने छ । यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागी पुस १९ गते आपसमा भिड्नेछन् । शनिबारबाट हुने क्रिकेट प्रतियोगीताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस टिभिबाट गरिने भएको छ । डिसहोम र क्यान विच सम्झौता गरेर पुस ११ बाट १९ गते सम्म हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिने छ ।

प्रकाशित : ११ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६