पर्यटन

पर्यटकीय क्षेत्र राजपानी प्रबेशमा शुल्क निर्धारण



कपिलवस्तु ११ पुस बाणगंगा नगरपालिका कपिलवस्तुमा रहेको  पर्यटकीय स्थल राजपानीमा पर्यटकहरुको चहलपहल बढेको छ । पिकनिक , घुमफिरका लागि वालवालिका , युवाहरु आउने गरेका छन । जिल्ला भित्रका र वाहिरी जिल्लाका मानिसहरु राजापानीमा आउने गरेका छन । विशेष गरि शनिवारको दिन अझै भिड लाग्ने गरेको छ । यसै विच   प्रबेशमा शुल्क निर्धारण गरिएको छ । राजापानी सामुदायिक बन उपभोक्ता समुहले अब राजपानी प्रबेशमा शुल्क लाग्ने शनिबार पत्रकार सम्मेलन गरि जनाएको छ ।

    बनका अध्यक्ष ढाकाराम अधिकारीले स्थानिय उपभोक्ताहरुको आर्थिक तथा सामाजिक बिकासका साथ साथै राज्यको समेत आम्दानीको एक महत्वपुर्ण आम्दानीको श्रोत बन्न सक्ने भन्दै यहि पौष १७ गते देखि प्रबेशमा समेत शुल्क निर्धारण गरिएको बताउनुभएको छ । प्रबेश शुल्क प्रतिब्यक्ति २० रुपैया ,बिद्यार्थीलाई १० रुपैया लाग्ने छ । भने अपांगता भएका ब्यक्तिहरु , ५ बर्षमूनिका बालबालिकाहरु र बृद्धबृद्धाहरुलाई शुल्क निशुल्क गरिएको छ ।

    अध्यक्ष अधिकारीले वर्तमान समयमा नेपाल सरकारको निति बमोजिम सामुदायिक बनमा पर्यापर्यटन प्रवद्र्धन कार्यविधि २०७५ लाई आत्मसाथ गर्दै सोही बमोजिम अगाडी बढाउन खोजिएको बताउनुभयो । कार्यबिधि बमोजिम बिकास गरी कपिलवस्तु जिल्लामा पहिलो र नेपालका नमुना पर्यटन गन्तब्यहरु मध्येमा सुचिकृत गर्ने भावी अभियानका साथ यसको बिस्तारलाई तिब्रता दिईएको उहाको भनाई छ ।

    राजापानी पर्यटन क्षेत्र हाल आन्तरिक तथा बाहय पर्यटकको गन्तब्य बनेको छ । यस क्षेत्रमा बनभोज तथा घुमफिरको  लागि कपिलवस्तु जिल्लाका बिभिन्न स्थानलगायत बाहिरी जिल्लामा रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखांची, दाङ्गबाट  समेत आन्तरिक पर्यटक आउने गरेका छन् । अहिले राजपानीमा मुलबाट निस्केको पानी संचितिको लागि पोखरी निर्माण  भएको छ । यस्तै  ५ वटा स्टल ठुला र अन्य ससाना स्टल समेत निर्माण हुनुका साथै बुद्ध मुर्ति स्थापना संगै बौद्ध गुम्बा  निर्माणको थालनी भएको छ । पत्रकार सम्मेलनमा बनका लेखा संयोजक बिष्णु अर्यालको उपस्थिती पनि रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिब सितादेबी पौडेलले गर्नुभएको थियो ।

प्रकाशित : ११ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६