अन्तर्राष्ट्रिय

विदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुने नेपालीको संख्या बढ्यो



काठमाण्डौ १३ पुष । विदेशमा कोरोना भाइरस   संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ ।गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९४।५ प्रतिशत निको भएका छन् । स्वास्थ्य समितिको तथ्याँक अनुसार शनिबार साँझसम्म विदेशमा रहेका ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।तीमध्ये ४९ हजार ८ सय ९२ जना निको भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। सञ्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन ।सापकोटाका अनुसार यो साता नाइजेरिया, साउदी, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । अहिलेसम्म विदेशका विभिन्न २१ देशमा रहेका ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६