काठमाण्डौ १५ पुष । अमेरिकाका नव-निर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइसक्ने घोषणा गर्नुभएको छ ।आउँदो जनवरी २० मा पदभार ग्रहण गरेको दिनदेखि १०० दिनभित्र १० करोड व्यक्तिलाई कोप लगाउन अहिले उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले बढाउनुपर्ने उहाँले दाबी गर्नुभएको छ ।
उहाँले आफूले यसअघि नै घोषणा गरेको खोपको लक्ष्य पूरा गर्न ट्रम्प प्रशासनले चासो नदेखाएको बताउनुभएको छ ।कोरोना भाइरसविरुद्धको खोप वितरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अहिले गरिरहेको कामप्रति पनि उहाँले आलोचना गर्नुभएको छ । ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड नागरिकलाई खोप लगाउने लक्ष्य लिए पनि त्यसअनुसार काम नगरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया