अर्थ-वाणिज्य

कोषको गुरुयोजनामा समेटिएको राजापानीमा पर्यापर्यटन शुरुवात



कपिलवस्तु १८ पुस ।  कपिलवस्तु जिल्लामा पहिलो पटक सामुदायिक बनमा पर्यापर्यटनको औपचारिक शुरुवात गरेर बनमा आधारीत पर्यटनमा पाइला चालेको प्रदेश सांसद बिष्णु पन्थीले वताउनु भएकोछ । राजा शुद्वोधनले विश्राम गर्ने ,पानी पिउने, पर्या पर्यटनको नमुना ऐतिहासिक राजापानी पार्क बिकासको लागि शुल्क निर्धारण कोशे ढुङ्गा साबित हुने उहाले बिश्वास ब्यक्त गर्नु भयो । यो पार्कलाइ लुम्बिनी बिकास कोष बाट कपिलवस्तु गुरु योजनामा समावेश गरे संगै अब यस पार्कको बिकाशमा थप टेवा पुग्नेछ । प्रकृति संग रमाउदै घुम्ने , थारु परिकार सहित मिठा मिठा विविध परिकार खान र सान्त परिवेशमा बस्न सबैलाई यसले अपार आनन्द दिने उहाको दावि छ ।  

गरिएको छ । बाणगंगा नगरपालिकामा रहेको राजापानी सामुदायिक बन उपभोक्ता समुहले राजापानी बन क्षेत्रमा पर्यापटनको औपचारिक रुपमा शुरुवात गरेको छ । यससंगै समूहले राजापानीमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रबेशमा पनि शुल्क निर्धारण गरि शुक्रबारबाट कार्यान्वयनमा ल्याएको छ । 

 कपिलवस्तु जिल्लाकै पर्यटकीय स्थल राजपानी प्रबेशमा अंग्रजी पात्रे अनुसारको नया बर्ष २०२१ संगै शुल्क निर्धारण गरिएको बताईएको छ । अहिले सानो रकमबाट आन्तरिक पर्यटकका लागि प्रतिब्यक्ति २० ,परिचयपत्र ल्याउने बिद्यार्थीहरुलाई १० रुपैया , बाहिरी देशका पर्यटकका लागि ५० रुपैयता तोकिएको छ । भने  ज्येष्ठ नागरिक ,अपांगता भएका ब्यक्ति र ५ बर्षमूनिका बालबालिकाको लागि निशुल्क गरिएको बनका अध्यक्ष ढाकाराम अधिकारीले बताउनुभयो । स्थानिय उपभोक्ताहरुको आर्थिक तथा सामाजिक बिकासका साथ साथै राज्यको समेत आम्दानीको एक महत्वपुर्णे श्रोत बन्न सक्ने शुल्क निर्धारण गरिएको उहाको भनाई छ ।

     यस्तै बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुले राजापानी पर्यकीय स्थल संगै पिक्निक स्पोर्टका राम्रो बन्दै गएको बताउदै थप सुन्दरकरीणका लागि सक्दो सहयोग गर्ने बताउनुभएको छ । 

प्रकाशित : १८ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६