अर्थ-वाणिज्य

तिलौराकोटले कपिलवस्तु सहित प्रदेशलाई समृद्ध पार्नेछ तर ! :मेयर सिंह



कपिलवस्तु कपिलवस्तु २१ पुस । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बौद्ध विरासत तिलौराकोटले  कपिलवस्तु मात्र होइन सिंगो प्रदेशलाई पर्यटन मार्फत समृद्ध पार्ने वताउनु भएको छ । तर त्यसकालागि लागनी जुटाउन भने ढिला हुदै गरेको दावि गर्नुं भयो । नगरको वडा नम्बर ६ गोबरीमा गौतम बुद्ध प्रबेश द्धारको शिलान्यास गर्दै यस्तो वताउनु भएको हो । मेयरसिंहले गोबरी चोकमा पुजापाठ गरी गेटको शिलान्यास गर्नु भयो  ।

    वडा कार्यालयको १० लाख लागतमा निर्माण सुरु भएको हो । सो अवसर मेयर सिंहले नगरपालिकाले गेट निर्माणमा थप बजेट बिनियोजन गर्ने बताउनु भयो  । उहाले नगरपालिकाले नगर क्षेत्रको पर्यटकीय विकासकालागि योजनाबद्ध रुपले अघि बढने बताउनु भयो  । उहाले तिलाराकोटलाई बिश्व संपदा सुचीमा सुचीकृत गर्न नगरपालिकाले साथ दिने दावि गर्नु भयो ।

    सो अवसरमा वडाध्यक्ष राम दिनेश यादवले वडाकै चिनारीकारुमा गोबरीमा प्रबेशद्धारा निर्माण सूरु गरिएको स्पष्ट पार्नु भयो  गेट निर्माणमा अपुग हुने रकम नगरपालिकासंग माग गरिएको जानकारी दिनु भयो  । गेट निर्माणकालागि स्थानयि सुरेन्द्र सिंहको अध्यक्षतामा उपभोक्ता समिति समेत निर्माण गरिएको छ । कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य सरिता गौतम, राम सरी सुनार र ज्ञानेन्द्र कुमार आचार्य, नगिना सिंह लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६