अन्तर्राष्ट्रिय

कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने



 चिन २५ पुस । विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । तर विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो । तर शनिबार चीनले ती अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको लागि अनुमति दिइएको बताएको छ । 

चीनको वुहान शहरमा कोभिडको भाइरस उत्पत्ति भएको बताइएको छ । त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो । तर चीन सरकारले दिएको थिएन । शनिबार चीनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले यो जानकारी दिएका छन् । उनले भनेका छन् कि चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीहरुलाई यस विषयमा अनुमति दिएको छ र आगामी केही दिनमा उनीहरुको आगमन हुने बताइएकोले चीनले उनीहरुको स्वागत गर्नेछ । 

चीनको नेशनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले ती अधिकारीहरुले चीनमा कोभिड १९ को उत्पत्तिको बारेमा गर्ने अनुसन्धानमा पूर्ण रुपमा सघाउन चीन तयार रहेको । चेनले भन्नुभयो–विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुले यस अनुसन्धानका विषयमा उनीहरुको कार्यक्रम र कार्य सूची के कस्तो छ भन्ने बारेमा हामीलाई थाहा दिएपछि उनीहरुसँगै हाम्रा अनुसन्धान अधिकारीहरु पनि वुहान जान तयार छन् । यस अनुसन्धानमा आफूहरुले आवश्यक सहयोग गर्ने र उनीहरुको कार्यक्रमअनुसार नै आफ्ना अनुसन्धान अधिकारीहरु वुहान जाने पनि चीनका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताएका छन् । 

प्रकाशित : २५ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६