ब्रेकिंग न्युज

केन्द्रको बिवाद प्रदेश र स्थानीयतहमा पुग्न नदिने मुख्यमन्त्रीको उद्घोष



बुटवल २९ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी भित्र केन्द्रमा देखिएको अन्तर विरोधलाई प्रदेश सभा र स्थानीयतह सम्म ल्याएर जनभावनामा तुसारापात हुन नदिने ठोकुवा गर्नु भएको छ ।  पार्टि केन्द्रको बिवाद प्रदेशमा ल्याएर सरकारलाई अस्थिर वनाउन चलखेल गर्ने र आफ्नो स्वार्थअनुकल बनाउन खोज्ने प्रयास अहिले सम्म भएको छैन र अव पनि हुने छैन उहाले विश्वास प्रकट गर्नु भयो । 

     मुख्यमन्त्री निवासमा माघी पर्वको अवसरमा आयोजित शुभाकामना अद्रानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संघमा देखिएको पार्टी भित्रको अन्तरविरोधलाई स्थानिय तह सम्म ल्याउने कुरा लोकतन्त्रको विकास र सुदृढिकरणका लागि समेत उपयुक्त नहुने तर्क गर्नु भयो ।लुम्विनी प्रदेश सभामा दल एक भएको भन्दै त्यसलाई विभाजित गर्ने प्रयास कसैले गरेमा कुनै पनि अर्थमा प्रदेशबासी जनताका लागि स्वीकार्य नहुने बताउदै केन्द्रमा भएको अन्तर विरोधका बाछिटाहरुलाई लुम्विनी प्रदेशमा पर्न नदिई राजनीतिक संस्कृतिको विकास गरिने दावी गर्नु भयो ।

    मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश धार्मिक, सांस्कृतिक दृष्टिकोणबाट धनि रहेको भन्दै यस प्रदेशका सांस्कृतिक महत्वका पर्वहरुलाई समृद्धि संग जोड्न सकिने समेत वताउनु भयो ।प्रदेशमा अनेकन मौलिक संस्कृती र परम्पराहरु छन ति मौलिक संस्कृतिको जगेर्नाका लागि होमस्टे संग जोडेर पनि पर्यटनको विकास गर्न सकिने प्रचु्र सम्भावना छ मुख्यमन्त्रीले भन्नु भयो । 

प्रकाशित : २९ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६