काठमाडौं १४ माघ । नेपालमा प्रतिनिधिसभा विघटनको विरुद्धको आन्दोलन चर्कंदै गएका बेला अमेरिकी राजदुत -यान्डी मेरीले दलका नेताहरुसँगको भेटघाटलाई तिब्र पारेका छन् । आईतबार देखि भेटघाटमा ब्यस्त भएका राजदुत आज बिहानै नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपाललाई भेटन् उनकै निवास कोटेश्वर पुगेका छन् ।
नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालले राजदूत बेरी नेता नेपाललाई भेट्न कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेको पुष्टि गरे ।बिहान ९ बजे देखि भेटवार्ता सुरु भएपनि भेटवार्ताको विषयवस्तु खुलिनसकेको रिजालले बताए ।प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चलिरहेका बेला अमेरिकी राजदूत बेरी आन्दोलनरत पक्षकै नेता भेट्न पुगेका हुन्।
उता अमेरिकामा पनि भर्खरै जो बाइडेनले राष्ट्रपति पद सम्हालेका छन् । नेपा स्थित अमेरिकी राजदुतावासले भने अमेरिकामा हालै निर्वाचित राष्ट्रपति बाइडेन प्रशासनको नयाँ नीतिका बिषयमा भेटघाट भैको जनाएको छ । नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल गर्न नेपाली सरकारी तथा राजनीतिक नेतृत्वहरूसँग भेटघाट भएको राजदुतावासले जनाएको छ ।
नेताहरुसँगको भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याईएको राजदुतावासले जनाएको छ ।यसअघि अमेरिकी राजदूत बेरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्।
प्रतिक्रिया