मनोरञ्जन

बुटवलमा टिकटक प्रतियोगिता हुने,१० हजार नगद पुरस्कार



बुटवल २० माघ । ईडिआई ग्लोबल एजुकेशन, बुटवलले टिकटक प्रतियोगिता गर्ने भएको छ । एजुकेशनका नेपालका लागि हेड अफ मार्केटिङ, कमल ज्ञवालीका अनुसार टिकटक प्रतियोगितामा सहभागि हुन चाहनेले फागुन १ गतेभित्र रजिस्टेशन गर्नु पर्ने छ ।टिकटक प्रतियोगितमा सहभागि भई विजेता हुनेले नगद १० हजार पुरस्कार र प्रमाण पत्र प्राप्त गर्ने हेड अफ मार्केटिङ, ज्ञवालीले बताए । ‘टिकटक बालबालिका, किशोर, युवा युवतीहरु धेरै नै प्रयोग गरेका छन् । जसमा अहिले सकारात्मक भन्दा पनि नकारात्मक भिडियोहरु बनाइएको पाइएको छ ।’

उनले अघि भने ‘टिकटकको माध्यमबाट पनि केही राम्रो भिडियो बनाएर समाजलाई सकारात्मक सन्देश दिन सकिन्छ ।’उक्त प्रतियोगितामा सहभागि हुने १६ वर्ष भन्दा धेरै भएको हुनु पर्ने छ । यस्तै प्रतिस्पर्धीहरुले बुटवलको मिलनचोकमा रहेको ईडिआई ग्लोबल एजुकेशनको कार्यालय परिसर भित्र टिकटक भिडियो बनाउनु पर्ने छ ।भिडियोमा कुनै अश्लील र आपत्तिजनक विषय समावेश गर्न नपाइने र सन्देशमुलक हुने पर्ने संचालक ज्ञवालीले जानकारी दिए । सबैभन्दा बढि लाइक, कमेन्ट र सेयर हुनेले प्रतियोगिता जित्ने छ भने विजेताका नाम चैत्रको पहिलो हप्ता ईडिआई ग्लोबल एजुकेशनको पेजबाट सार्वजनिक हुने छ ।

प्रतियोगिताका बारेमा अन्य कुनै जानकारी लिन ९८६७१०५११८ मा प्रतिस्पर्धीले सम्पर्क गर्न सक्ने छ्न भने ईडिआईको पेजमा गएर हेर्न पनि सकिने छ ।‘टिक–टक’ एक सोशल मिडिया ऐप्लिकेशन हो जसको माध्यम स्मार्टफोन प्रयोगकर्ताले १५ सेकन्ड सम्मको सानोरसाना भिडियोहरु बनाएर शेयर गर्न सक्छन् । जुन अचेल बालबालिका, किशोर, युवाले असाध्यै रुचाउने एप पनि हो ।

प्रकाशित : २० माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६