काठमाण्डौ २५ माघ । म्यानमारमा भएको सैन्य कू को विरोधमा आज पनि प्रदर्शन भइरहेको छ । सैन्य कू को विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसी दलको रातो झण्डा तथा बेलुनहरू बोकेका छन् । प्रदर्शन चर्किँदै गएपछि त्यहाँ इन्टरनेट बन्द गरिएको छ ।मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्द गरेको भन्दै भत्सर्ना गरेको छ ।
मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना बढ्ने जोखिम बढ्दै गएको एम्नेस्टीको भनाइ छ ।प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको सेनाले म्यानमारमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ । सुकीको अवस्थाबारे अझैसम्म पनि केही जानकारी दिइएको छैन । सुकीको रिहाइका लागि विश्व समुदायले अपिल गर्दै आएको छ ।
प्रतिक्रिया