जीवनशैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने



काठमाडौँ, ४ कात्तिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ । विजयादशमी, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै धेरै नागरिकले ज्यान गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित भएको दुःख सम्झनुभएको छ । सभापति लामिछानेले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको कामना गर्नुभएको छ । नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै उहाँले दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । –––

प्रकाशित : ५ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६