अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारको सेनाविरुद्ध कारबाही अभियान सुरु



काठमाण्डौ २९ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारको सेनाविरुद्ध कारबाही अभियान सुरु गर्नु भएको छ ।म्यानमारमा सेनाले सत्ता हातमा लिँदै प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा राखेपछि अमेरिकाले कारबाही अभियान सुरु गरेको हो । अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकी फण्ड रोक्ने र सेनाको नेतृत्वलाई प्रतिबन्ध लगाउने घोषणा गर्नु भएको हो ।

उहाँले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सत्ता कब्जामा लिने सेनाको नेतृत्वमाथि प्रतिबन्ध लगाएको बताउनु भएको छ । यो प्रतिबन्ध सेनाको नेतृत्व गरिरहेका व्यक्तिको परिवारका सदस्यमा पनि लागू हुने बीबीसीले जनाएको छ । राष्ट्रपति बाइडेनले यो हप्ता नै पहिलो चरणमा  प्रतिबन्धमा परेका व्यक्तिहरुको सूची तयार पार्ने बताउनु भएको छ ।बाइडेनले अमेरिकाबाट म्यानमारमा हुँदै आएको निर्यात पनि रोक्ने र आवश्यक परे अतिरिक्त प्रतिबन्ध समेत लगाउने घोषणा गर्नु भएको छ ।  

प्रकाशित : २९ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६