पर्यटन

प्रदेश लगानी सम्मेलन चैत्रमा हुने,मुख्यमन्त्रीका २ सल्लाहकार थपिए



रुपन्देही ३० माघ । प्रदेश सरकारले लगानी सम्मेलन चैत्रमा गर्ने निर्णय गरेकोछ  भने प्रमुख राजनैतिक सल्लाहकार र जनसंपर्क सल्लाहकार गरी २ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेकोछ । जस अनुसार  लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख राजनितिक सल्लाहकारमा पाल्पाका झपेन्द्र बहादुर जिसी नियुक्त हुनु भएको छ ।बिहिवार सम्पन्न लुम्विनी प्रदेशको मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्रीको प्रमुख राजनितिक सल्लाहकारमा पाल्पाका जिसीलाई नियुक्ती गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिनु भयो ।

जिसीलाई राज्यमन्त्री सरहको सेवासुविधा दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिनु भयो । जिसी हाल नेकपा लुम्बिनी प्रदेशका सदस्य एवं प्रचार विभाग प्रमुख हुनु हुन्छ ।त्यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा दाङका छविलाल वलीलाई नियुक्ति गर्ने निणर्य गरेको मन्त्री चौधरीले जानकारी दिनु भयो ।त्यसैगरी बैठकले कोरोना भाईरसको संक्रमणपछि थलिएको आर्थिक क्षेत्रलाई माथी उठाउन लुम्बिनी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले आगामी चैत्र १९ र २० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।लुम्बिनी प्रदेश सरकारले गतवर्ष नै गर्ने भनेको लगानी सम्मेलन कोरोना महामारीका कारण रोकिएको थियो । मन्त्री चौधरीले दुईदिन सम्म हुने उक्त सम्मेलनले प्रदेशको मात्र नभई देशकै आर्थिक क्षेत्र चलायमान हुने विश्वास लिईएको बताउनु भयो ।

सम्मेलनका लागि प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरु सदस्य रहेको तयारी समिति गठन गरिएको भएपनि लगानी सम्मेलन कहां गर्ने भन्ने बारे तय नभईसकेको चौधरीले बताउनु भयो ।यस्तै हाल कोरोना संक्रमणको जोखिम रहिरहेकोले प्रदेशका चारवटा आइसोलेसन केन्द्र संचालन तथा व्यवस्थापनको लागि आगामी चैत्र मसान्त सम्मको म्याद थप गरिएको मन्त्री चौधरीले जानकारी दिनु भयो ।

प्रकाशित : ३० माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६