अन्तर्राष्ट्रिय

ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु



ब्राजिल २ फागुन ।  दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै देखिएको छैन । पछिल्लो अपडेटअनुसार यहाँ गएको २४ घन्टायता १ हजार ४३ जनाको ज्यान गएको छ ।ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ १ हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार यहाँ कोरोना भाइरसका कारण एक हजारजना भन्दा बढीको मृत्यु भएको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ९८ लाख ६ हजार ९६५ जना सङ्क्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८७ लाख १० हजार भन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् भने ८ लाख ६१ हजार  भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।त्यस्तै ब्राजिलमा अहिले हजरौँ नागरिकलाई आइसीयुमा राखेर उपचार गरिएको पनि त्यस समाचारमा जनाइएको छ । यहाँ यो भाइरसको दोस्रो वेभ आएको छ र त्यसपछि  यहाँ यो सङ्क्रमणबाट बढी क्षति भएको छ । ब्राजिलमा संयुक्त राज्य अमेरिकापछि ठूलो संख्यामा मानिसको निधन भएको छ । अमेरिकामा अहिलेसम्ममा चार  लाख ९६ हजार भन्दा बढीको निधन भएको छ । 

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६