पर्यटन

बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग



बर्दिया ४ फागुन । वन्यजन्तु संरक्षणकर्मीहरुले बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग गरेका छन् ।पाटेबाघ, जंगली हात्ती, गैँडा, चित्तललगायतका वन्यजन्तुहरुको ओहोरदोहोर भइरहने जङ्गलभित्रको सडकमा मानिस र वन्यजन्तु दुवैलाई समस्या भएको भन्दै संरक्षणकर्मीहरुले वन्यजन्तुमैत्री सडक निर्माणको माग गरेका हुन् । कर्णाली चिसापानीदेखि अम्रेनी पोस्ट र रम्मापुरदेखि सैनवार पोष्टसम्मको राजमार्ग क्षेत्रमा तत्काल वन्यजन्तुमैत्री संरचना बनाउनु पर्ने उनीहरुको भनाइ छ ।

संवाद समूहले आयोजना गरेको कार्यक्रममा संरक्षणकर्मीहरुले जंगली हात्ती, पाटेबाघलगायतका वन्यजन्तुको वासस्थानमा बाधा पुगेका कारण पनि उनीहरु आक्रामक बन्न थालेको भन्दै दुवै पक्षका लागि तत्काल संरचना सुधार गर्नुपर्ने बताए ।निकुञ्जको बीचभागमा रहेको सडकमा वन्यजन्तुसँग ठोक्किएर हुने दुर्घटनामा सयौं वन्यजन्तु मर्नुकासाथै मानिसको समेत ज्यान जाने गरेको छ । यस्तै वन्यजन्तुले आक्रमण गरी मानिसको ज्यान पनि लिएका छन्।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६