अर्थ-वाणिज्य

सामुदायिक वनमा फेला पर्दै बाघ :सजकता अपनाउन निर्देशन



दाङ ८ फागुन ।  बाँके राष्ट्रिय निकुञ्ज आसपासका दाङको जंगलमा पनि बाघ देखिन थालेपछि स्थानीइले सजकता अपनाउन थालेका छन् ।  बाँके र बद्र्धिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको बाघले आक्रमण गनै थालेपछि आफुहरुले पनि सजकता अपनाउन थालेके स्थानियले बताएका छन् ।  दाङको अमिलिया, हर्दवा, बांगेताल, च्याउ खोला, तरूलिया, कोल्तरा, तेलिया लगायतका गाउँका स्थानीयहरु जंगल जादा धेरैजनाको समुहमा जाने साँझपख घरवाहिर ननिस्कने लगायतको सावधानी अपनाउन थालेका हुन ।  

    दाङको सिमाक्षेत्रमा रहेको शिवखोला देखि पूर्वतर्फ रहेका बस्तीहरु जंगलको आसपासमै रहेकाले आफुहरु बाघबाट बच्नको लागि सावधानी अपनाउन थालेकोे लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी कृष्ण थापाले बताउनुभयो । उहाँको भनाईमा दाङको सिमाक्षेत्र बाँके राष्ट्रिय निकुञ्जसंग जोडिएको पटक पटक जंगलमा बाघ देखिन थालेपछि अहिले बालबालिकालाई जंगल पठाउन छाडिएको छ ।

    लमही नगरपालिका वडा नम्बर ९ तरुलियाका निरज केसीले लमही नगरपालिका अन्तरगत विभिन्न सामुदायिक वनमा बाघ देखिन थालेपछि आफुहरुले बाँके राष्ट्रिय निकुन्जमा जानकारी गराएको थप सावधानीको लागि स्थानीयलाई आग्रह गरिएको बताउनुभयो ।  विरह सामुदायिक वन र मुल खोला सामुदायिक वनमा पाटेबाघको संख्या बढेको हुन सक्ने केसीले बताउनुभयो ।  

    सामुदायिक वनमा बाघ देखिन थालेपछि तरूलिया, हर्दवा, च्याउ खोला, कोल्तरा लगायतका गाउँका बालबालिका विद्यालय जान डराउन थालेका छन् ।  बालबालिकालाई दुई किलोमिटर वनको बाटो पैदल हिडेर विद्यालय जानुपर्ने भएकाले बनमा बाघको आक्रमणमा पर्न सक्ने डरले विद्यालय जाने विद्यार्थीको संख्या घटेको हो । स्थानीय दिपक कुमालले सामुदायिक वनमा बाघ देखिन थालेपछि बालबालिकालाई विद्यालयसम्म पठाउन थाने र फर्सद नभए विद्यालय नै नपठाउने गरेको बताउनुभयो । स्थानीयले बाघ फोला परेको स्थानमा सम्बन्धीत निकायले क्यामरा जडान गरेर तुरुन्तै बाघलाई नियन्त्रणमा लिएर निकुञ्नजमा लैजान माग गरेका छन् ।

     बन्यजन्तु अनुसन्धानकर्ता चिञ्जिबि खनालले बाघबाट बच्न सावधान अपनाउनु पर्ने र बाघले स्थानीइलाई सताउन थाले जिल्ला वन कार्यालयसंग समन्वय गरेर बाघलाई तुरन्तै नियन्त्रणमा लिन सकिने भएकाले क्रसित नहुन आग्रह गर्नुभयो । देउखुरी वन डिभिजन कार्यालका सुचना अधिकारी प्रेमिलाल साहले सामुदायिक वनहरुमा बाघ देखिनु भनेको बाघको संख्यामा वृद्धि हुनु र राम्रो पक्ष रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो,वनमा बाघ देखिनु राम्रो पक्ष हो तर, गाउँ बस्ती व्यवस्थापनमा चुनौती थपिएको छ । उहाँले बन कार्यालयले बाघ सक्रिय भएको समयमा हिडडुलमा रोक लगाएर गाउँमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने समेत जानकारी दिनुभयो ।  

प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६